प्रहरीले तोड्यो आंशिक प्राध्यापकले लगाएको ताला

दाङ, २७ साउन । महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा विभिन्न मागहरु राख्दै आंशिक प्राध्यापक संघले लगाएको ताला प्रहरीले तोडेको छ । लामो समयदेखि आन्दोलन गर्दै आएका आंशिक प्राध्यापकहरुले आज प्रशासनिक भवनमा ताला लगाएका थिए ।

आंशिक प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल र नेम प्लेट जलाउनुका साथै विद्युतीय हाजीरी मेशिन फुटाएका थिए । मंगलवार पनि कुनै अप्रिय घटना नहोस् भनेर प्रहरीले सतर्कता अपनाइएको थियो ।

साथै क्याम्पसभित्र प्रहरी प्रवेश गरेको भन्दै आंशिक प्राध्यापकहरुले भने बिरोध गरेका छन् । आंशिक समयमा पढाउदै आएका प्राध्यापकहरुले पार्ट टाईमको अन्त्य गर्नुपर्ने, मासिक ज्याला कायम हुनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रध्यापकहरुको अराजक कामको विद्यार्थीहरुद्धारा विरोध
महेन्द्र बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुको अराजक ढंगको आन्दोलनप्रति दाङका संयुक्त विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

दाङमा क्रियाशिल तीन ओटा विद्यार्थी संगठनले विज्ञप्ती निकालेर प्राज्ञिक क्षेत्रमा भएको उक्त कार्यको विरोध जनाएका हुन् ।
क्याम्पसका प्रध्यापकहरुले आइतवार क्याम्पस प्रमुख बस्नेत कुर्सी र टेबल जलाएका थिए । उनीहरुले विद्यूतीय हाजिरिसमेत जलाएका थिए ।
अनेरास्ववियू दाङका संयोजक जंग रोका, नेविसंघ दाङका अध्यक्ष टोपबहादुर बुढाथोकी र अखिल (क्रान्तिकारी) दाङ का अध्यक्ष अनिल केसीले संयुक्त विज्ञप्ती निकालेर राजनीतिक भागबण्डाबाट आंशिक प्राध्यापकको रुपमा नियुक्ति पाएकाहरुले यो व्यवहार गर्नु कुनै कोणबाट पनि सहि नभएको उल्लेख गरेका छन् । विद्यार्थीहरुले आगामी दिनमा यस्तो गलत कार्य रोकि त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापक नियुक्ति गर्ने प्रावधान खारेज गरी आवश्यकताको आधारमा खुला प्रतिस्पर्धा मार्फत क्याम्पसहरुको आवश्यकता अनुसार पदपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *