डा. ठाकुरलाई स्थानीयले गरे सम्मान

तुलसीपुर, साउन २७ । प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुरलाई स्थानीयले सम्मान गरेका छन् ।

भेडी गोठजस्तो अस्पताललाई अस्पताल जस्तो बनाएको भन्दै डा ठाकुरलाई स्थानीयवासीले सम्मान गरेका हुन । प्रादेशिक आयुर्वेद चिकित्सालय स्थापना भएको तीन दशक पुग्यो तर त्यहाँ आउने डाक्टरलाई स्थानीयले सम्मान गरेका थिएनन् । स्थापनाको तीन दशक पछि अस्पतालको सेवा सुविधा , भौतिक संरचना निर्माणमा उल्लेखनीय योगदान गरेको भन्दै सोमवार स्थानीयहरुले डाक्टर ठाकुरलाई फुलमाला, दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

तीन वर्षको अवधिमा डाक्टर रामकामेश्वर यादवले अस्पतालमा एक हजारभन्दा बढीको क्षारसूत्र विधिबाट शल्यक्रिया गर्नुभएको थियो । अस्पतालमा डाक्टर आउनुपूर्व ५÷७ जना मात्रै बिरामी आउने गरेकोमा सेवा सुविधा बढाएपछि हाल दैनिक पचासभन्दा बढी बिरामी आउने गरेका छन् ।

सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङ शाखाका सहसचिव गोकर्ण पौडेलले निर्विवादित डाक्टर रामकामेश्वर ठाकुरले अस्पतालको सेवा सुविधा बढाएको बताउनुभयो ।

कार्यक्रममा बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले अस्पतालको सेवा सुविधा विस्तार गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । सो अवसरमा तुलसीपुर स्तरीय योग प्रशिक्षण केन्द्रका सदस्य लोकेन्द्र बैरागी लगायतकाले मन्तव्य राख्नुभएको थियो । योग प्रशिक्षण केन्द वडा नम्बर १८ का अध्यक्ष मुकेश वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक टीकाराम पौडेलले गर्नुभएको थियो । योग प्रशिक्षण केन्द्र बिजौरीका अध्यक्ष बालकृष्ण रेग्मीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।

साथै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय अस्पताल २०४८ सालमा स्थापना भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *