कोराना असर ः शिक्षा, यातयात र पर्यटन बढी प्रभावित


यमकला भुसाल
तुलसीपुर, साउन २७ । कोराना महामारीबाट बच्न स्वयम् व्यक्ती नै सजक हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

तुलसीपुर नगर जेसीज वर्ष २०२० को साताव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन सोमबार तुलसीपुरमा भएको कोरोना कहर र सफल अवतरण विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले कोरोनाको महामारीबाट शिक्षा, यातयात, पर्यटन र उद्योग व्यवसायक्षेत्र बढी प्रभावित भएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले सबै भन्दा पहिले व्यक्तीको सोच, आचरण,बानी र व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले यसका लागि बढी भन्दा बढी सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । यस विषयमा तुलसीपुर उपमहानगरपालिका निरन्तर लागि रहेको भन्दै उहाँले आगामी दिनहरुमा पनि अझ प्रभावकारी ढंगले अगाडी बढ्ने र भयावह अवस्था सिर्जना भए तुलसीपुर क्षेत्रलाई सिल गर्न सकिने बताउनुभयो । यहाँका अस्पतालहरुमा भर पर्दो उपकरण नभएकै कारण पनि संयम आफैले यस तर्फ विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गोरखा मावी तुलसीपुरका प्रध्यानाध्यापक विजय जिएमले मानिसको महत्वपुर्ण अंग शिक्षा क्षेत्र पछिल्लो समय धरासाही बन्दै गएको र यस तर्फ स्थानिय÷प्रदेश र संघिय सरकार मौन बसेको भन्दै आलोचना गर्नुभयो । उहाँले यातयात,मालपोत,विद्युत,कर,टेलिकम लगाएतका भिडभाड हुने सरकारी संस्थाहरु सञ्चालन भएको हुदाँको अवस्थामा विद्यालय सञ्चालन नहुनु दुख्दको कुरा भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ बालरोग विषेशज्ञ डा.किशोर खत्रीले कोरोना कहरबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित भएको बताउनुभयो । बन्दा बन्दीको समयमा जटिल समस्या लिएका १० प्रतिशत मानिसहरु मात्रै अस्पतालहरुमा आउने गरेको उहाँको भनाई छ । उहाँले स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थाहरुमा जान सुझाव दिनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विश्वकर्माले भदौ १ गते देखि विद्यालय सञ्चालन गर्ने सरकारको निर्णय बमोजिम छलफल भैरहेको बताउनुभयो । उहाँले केही विद्यालयहरुमा क्वारेन्टाइन राखिएका कारण पनि विद्यालय सञ्चालनमा समस्या आएको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले कोरोना कर उठाउने माध्य मात्र भएको भन्दै आक्रोस पोख्नुभयो । उहाँले भन्नुभयो,–सरकारले व्यवसायीहरुको मर्का बुझ्न सकेन,लकडाउन गरेर कर उठाउने माध्यम बनायो,अब यस तर्फ गम्भिर जरुरी छ । उहाँले कोरोना महामारीका कारण कयै उद्योग,धन्दाहरु बन्द हुने अवस्थामा रहेको र व्यवसायीहरुलाई दैनिक छाक टार्न हम्मे हम्मे परेको बताउनुभयो । कार्यक्रममा तुदसीपुर उपमहानगरपालिकाका वित्तीय अधिकृत ललित बहादुर घर्तिले कोरोनाको कहर स्वास्थ्य क्षेत्र मात्र नभई सामाजिक आर्थिक क्षेत्रपनि प्रभावित भएको बताउनुभयो ।

तुलसीपुर नगर जेसीज वर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष दिपेश भण्डारी, मेघराज घिमिरे, वर्ष २०१९ का प्रबक्ता नारायण भट्राई, पत्रकार सर्मिला डिसी, नारायण भण्डारी लगायतले बोल्नुभएको थियो । कोरोना कहर र सफल अवतरण विषयक अन्तरक्रिया कार्यक्रमका संयोजक कमल प्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसीज वर्ष २०२० का महासचिव केशवराज केसीले गर्नुभएको थियो । साताव्यपाी कार्यक्रमका मुल संयोजक पुर्ण विक्रम डाँगीले कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । साथै साताव्यापी कार्यक्रम अन्तर्गत पाचौ दिन साउन २७ गते मगंलवार अविधारा,बारधार्ने तुलसीपुरमा खानेपानी मुल सरसफाई तथा संरक्षण कार्यक्रम,२८ गते पातुखोला किनारमा बृक्षारोपन कार्यक्रम र ३१ गते गते पुरन्धरा छहरामा बोर्ड स्थापना गरि सप्ताहको समापन गरिने मुल आयोजक समितिका सयोजंक पुर्णविक्रम डाँगीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *