‘विपद् समस्या समाधानका लागि योजना बनाएर अघि बढ्छौं’

दिप्तीशिखा चौधरी
दंगीशरण, २२ साउन । दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँपालिकामा आईपर्ने विपद्को समस्या समाधानका विषयमा योजना बनाएर अघि बढ्ने बताउनुभएको छ ।

यो बर्ष लामो समयसम्म कोरोनाकै विषयमा धेरै समय दिनु परेकाले समयमै पूर्व तयारी गर्न नसकेको बताउनुभयो ।
कोभिड १९ का कारण लामो समयको लकडाउनले असार महिनामै हुनुपर्ने पूर्व तयारी साउनमा आएर छलफलमा जुट्नु परेको बताए । गाउँपालिकामा भएको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि दोस्रो चरणको छलफलमा उनले यस्तो बताएका हुन् ।

यो बर्ष पानी धेरै परेकाले दंगीशरणको १ र २ न. वडामा बाढि पहिरोको जोखीममा पर्छ कि भन्ने थियो तर त्यस्तो घटना आईपरेको छैन अवका दिनमा कुनै समयमा यस्ता विपद आईलाग्ने भन्दै आफु गाउँपालिकाको निती र विधी अनुशार अगाडि बढ्ने बताउनुभयो । सो अवसरमा वडा न. १ का वडा अध्यक्ष श्रीप्रशाद चौधरीले खोज तथा उद्धार सुचना र समन्वय क्षेत्रका विषयमा कलस्टर निर्माण गरि खोज तथा उद्धार, सुचना र समन्वय विषयगत क्षेत्रका प्रतिकार्य योजना , पूर्व तयारीका क्रियाकलापका विषयमा लिखीत छलफल गराउँनुभएको थियो ।

यस्तै कृषि शाखा प्रमुख सरु भुसालले कृषि तथा खाध्य विषयगत क्षेत्रमा रहेर कसरी विपदको समयमा खट्ने भन्ने विषयमा कलस्टर निर्माण गर्नुभएको थियो । जुनसुकै समयमा नि विपद आउँन सक्ने भन्दै स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले खानेपानी, सरसफाई,स्वास्थ्य र पोषणको हिसावमा कसरी पूर्व तयारी गर्न सकिन्न भन्ने विषयमा छलफल गर्नुभएको थियो । शिक्षा शाखा प्रमुख विनोद अधिकारीले शिक्षा विषयगत क्षेत्रका विषयमा छलफल गर्दै हरेक विपदमा विधालय नै काम लाग्ने भएकाले विधालयलाई अस्थाई केन्द्रको रुपमा संचालनमा ल्याउँन सक्ने गरी पूर्व तयारी गर्न सकिने बताउनुभयो । यस्तै विपदका विषयमा स्वयम शिक्षक नै जानकार हुनुपर्ने र विधार्थीहरुलाई पनि विपदका विषयमा शिक्षण सिकाई क्रियाकलाप गराउँनुपर्ने बताउनुभयो ।

एक्कासी आईपर्ने विपदमा बालबालीकाहरु बढि जोखीममा पर्ने गरेकाले यो खालको सिकाई उपलब्धिमुलक हुने भन्दै मनोपरामर्श सेवा संचालन गर्नु उपयूक्त हुने बताउनुभयो । ईलाका प्रहरी कार्यालयका प्रहरी जवान टिका थापाले प्रहरीसंग विपदका लागि चाहिने अत्यमबश्यक सामाग्री अत्यन्त न्यून अवस्थामा रहेको जानकारी गराउँदै शुरुमा नै प्रहरीलाई जानकारी हुने गरेकाले प्रहरी जहिले पनी पूर्व तयारी अवस्थामा नै बस्ने गरेको बताउँनुभयो ।

दंगीशरण नेपाली कांग्रेसका सभापती शोभाकर न्यौपानेले विपदको पूर्व तयारी, जिम्मेवार निकाएले गर्नुपर्ने तयारीका विषयमा बताएका थिए । दोस्रो चरणको छलफलमा सेन्टर अफ क्लाईमेन्ट र ईन्भाईरोमेन्ट रीसर्चका परामर्शदाता भूपमणि दाहाल र आभाष पौडलले विपदमा काम गर्न सहजताका लागि कलस्टर निर्माण गर्नुपर्ने आवश्यक रहेको बताउँदै विपदको पूर्व तयारीका बारेमा जानकारी गराउँनु भएको थियो । कार्यक्रमको शहजीकरण दंगीशरण गाउँपालिकाका विपद ब्यवस्थापनका फोकल पर्सन बालकृष्ण भण्डारीले गर्नुभएको थियो । छलफलमा गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्का ,प्रमुख प्शाससकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा अध्यक्षहरु, जनप्रतिनीधिहरु, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *