जखेराको विकासमा तीनै तहका सरकारले सहकार्य आवश्यक ःमहरा

शिवु खनाल
दाङ, २२ साउन । पूर्वसभामुख कृष्णबहादुर महराले देउखुरीको पर्यटकीय स्थल जखेरातालको स्थलगत अवलोकन तथा भ्रमण गर्नुभएको छ । प्रतिनिधि सभाका सांसद समेत रहनु भएका महराले ताल वरपरका भौतिक संरचनाको बारेमा जानकारी लिनुभएको थियो । उहाँले पर्यटकीय क्षेत्र जखेरा तालको विकासको गतिलाई अझै तिब्र बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो –‘जखेराताल देउखुरीको मात्र नभएर प्रदेश नं.५ कै नमुना पर्यटकीय क्षेत्रको रुपमा विकास गरि अन्तरिक तथा बाह्य पर्यटकहरुलाई घुम्न जाउ जखेरा भन्ने बनाउनुपर्छ, यसको लागि तीनै तहका सरकारले सहकार्य र समन्वय गरी जखेरातालको विकास गर्नुपर्छ ।’

दाङ देउखुरीको विकासका लागि दीर्घकालीन गुरुयोजना बनाउनुपर्ने महराको भनाई छ । ‘दाङको विकासका लागि सझा प्रतिबद्धता र पहलकदमीको आवश्यकता छ,’ उहाँले भन्नुभयो, ‘हामी विकासमा विभाजित हुनुहुँदैन ।’

जखेरा तालको विकासमा महराको धेरै समय अघि देखिनै चासो र सहयोग रहदै आएको स्थानियहरुको भनाइ छ । पूर्वसभामुख कृष्णबहादुर महरा आफूहरुको अभिभावक भएको र जखेरा तालको दिगो विकासमा उहाँको सधैं उच्च योगदान रहनेमा आफूहरुरु आशावादी रहेको जखेरा ताल संरक्षण विकास प्रतीष्ठानका महासचिव लोकमणी बन्जाडेले प्रतिक्रिया दिनुभएको छ ।

विगत केहि दिन अघि देखि जिल्लाका विभिन्न पर्यटकीय सम्पदाको अवलोकन भ्रमणमा निस्कनु भएका पूर्वसभामुख महरालाई लमही नगरपालिका वडा नम्बर ३ का अध्यक्ष बाबुराम चौधरी, वडा सदस्य कृष्ण घिमिरे, जखेरा ताल संरक्षण विकास प्रतीष्ठानका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रतिष्ठानका सहध्यक्ष रविध्वज थापा, उपाध्यक्ष रामसिंघ खत्री, महासचिव लोकमणी बन्जाडे लगायतका अन्य पदाधिकारी तथा स्थानिय बासीले स्वागत तथा सम्मान गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *