‘प्रदेशका सत्रहजार घरमा धारा’

दिवाकर पोख्रेल

देउखुरी, साउन २२ गते । दाङको लमही नगरपालिका वडा नम्बर १ नर्तीका सालिकराम पोखरेल नयाँ खानेपानीका धारा जोड्न तयार हुनुहुन्छ । हालसम्म इनारको पानीलाई खानेपानी को रुपमा प्रयोग गर्दे आउनु भएका पोखरेले खानेपानी योजना शुरु भएपछि उत्साहका साथ नयाँ धारा जोडन थाल्नु भएको हो । हाम्रा खानेपानी योजना सबैभन्दा ढिलो शुरु भएर छिटो काम सम्पन्न भएको छ, पहिले इनारको पानी खाने गथ्थेयौ,अब घरमा स्वच्छ खानेपानी पुगेकोछ, पोखरेलले भन्नुभयो । नर्तीका उपभोत्ताको सक्रियता र सरकारको सहयोगमा निर्माण सम्पन्न भएको उक्त खानेपानी योजना हाल सम्म दुइसय १८ घरमा धारा जडान भइसकेको छ । अन्य उपभोक्ताहरुले पनि धारा जडानको काम शुरु गरिसक्नु भएको छ ।

चैत्र १ गतेबाट धारामा पानी पठाउन शुरु गरिएको खानेपानी योजना सम्पन्न भएपछि नर्तीका स्थानीयमा खुसीयाली छाएको छ । खानेपानी योजना सम्पन्न भएको देख्दा साँच्चै सरकार भएको अनुभुती भएको छ,लमही नगरपालिका १ नर्तीका घनश्याम खनालले भन्नुभयो ।

यसैविच प्रदश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले धारा खोलेर खानेपानी योजना औपचारिक शुरुवात गर्नुभएको छ । खानेपानी योजना हस्तान्तरण गर्दै प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रदेश सरकारबाट प्रदेशका १७ हजार घरमा खानेपानी धारा पु¥याएको बताउनु भएको छ । दाङको लमही नगरपालिका वडा नम्बर १ नर्ती खानेपानी सरसफाई आयोजनाको उद्घाटन गर्दै मुख्य मन्त्री पोख्रेलले प्रदेश ५ मा स्वच्छ खानेपानी पु¥याउने अठोट लिएको भन्दै दाङमा मात्रै साउन महिनामा चारवटा खोपानी योजना सम्पन्न गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,“१७ हजार परिवारमा खोनेपानी पु¥याएर खानेपानी पु¥याउने काम भएको छ, प्रदेश सरकार भएकै कारण यो काम भएको हो,यस्लाई सफलताकै रुपमा लिन सकिन्छ ।”

कार्यक्रमका मुख्य अतिथि समेत रहनु भएका मुख्य मन्त्री पोख्रेलले राजमार्ग मर्मत नभएको भन्दै केरा रोपेर सरकारलाई व्यङग्य गरेको प्रति चिन्ता व्यक्त गर्दै दाङको धानखोला देखि शिवखोला सम्म नयाँ प्रविधिमा आधारित राजमार्ग बन्ने भएकाले सडक बन्नेमा ढुक्क रहन स्थानीयलाई आग्रह गर्नुभयो । दाङको लमहीमा प्रदेशकै टूलो टूमा सेन्टर बन्न थालेको भन्दै सरकारले गरेका कामलाई पोत्साहन गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशमा दाङमा खानेपानीको हकमा उल्लेखिय काम भएको जानकारी दिदै खानेपानीको समस्या रहेको ठाउँमा प्रदेश सरकारले शम्बोधन गरिहेको बताउनुभयो । प्रदेश भर समानीकरण तर्फ छ सय ६६ र शशर्त छ सय ८० वटा योजना रहेको जानकारी दिदै उक्त योजना पूरा गर्न अहिलेको बजेटबाट नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले योजना पूर्ण गर्नै केन्द्रको र प्रदेशको बजेटले पनि पुग्दैन सबै योजना पूरा गर्न केन्द्रबाट दुइ र प्रदेश सरकारबाट दुइ अरव थप गर्न सकियो भने धेरै योजना पुरा गर्न सकिने अवस्था छ ।”

लमही नगरपालिकाको वडा नम्बर १ को नर्ती, सुन्डरी वडा नम्बर २ को डोडहीमा गरी कुल एकहजार १२ सय धारामा पानी पु¥याउन सक्ने क्षमता रहेको उक्त खानेपानी योजना तीन करोड ३७ लाखको लागतमा सम्पन्न भएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङका प्रमुख गुणनीधी पोख्रेलले जानकारी दिनुभयो । नर्ती खानेपानी उपभोक्ता तथा सरसफाई सफाइ समितिका अध्यक्ष कुलचन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश साँसद रेवतीरमण शर्मा, इन्द्रजित थारु, दामा शर्मा, सरस्वती गौतम, लमही नगरपालिका प्रमुख कुलवहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *