प्रदेश ५ मा लकडाउन अवधिमा दुर्घटनाबाट ९९ जनाले ज्यान गुमाए

यमकला भुसाल
तुलसीपुर, साउन २१ । लकडाउनको समयमा प्रदेश नं ५ मा सवारी दुर्घटनाबाट ९९ जनाले ज्यान गुमाएका छन । २०७६÷चैत ११ देखि ०७७ असार ७ गतेसम्म भएको लकडाउनको समय अवधीमा ५ नं प्रदेशमा सवारी दुर्घटनामा परि ९९ जनाले ज्यान गुमाएका हुन । लकडाउनकै समयमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या बाँके जिल्लामा अधिक रहेको पाईएको छ । बाँके जिल्लामा मात्र लकडाउनको अवधिमा सवारी दुर्घटनामा परि २५ जनाले ज्यान गुमाएको ५ नं प्रदेश कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

त्यस्तै रुपन्देहीमा १९, पश्चिम नवलपरासीमा १७ ,प्युठानमा १०,दाङमा ८,कपिलबस्तुमा ५,पाल्पामा ३,बर्दियामा ३,अर्घाँखाचीमा २,गुल्मीमा २, रोल्पामा १ र रुकुममा १ जना गरि ९९ जनाले ज्यान गुमाएको बैदवारले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा महिला भन्दा पुरुषको सङ्या बढी छ । तथ्याङ्क अनुसार ज्यान गुमाउनेमा ९० जना पुरुष छन ९ जना महिला रहेका छन  । उहाँका अनुसार ४ सय २८ सवारी दुर्घटना हुँदा ४ सय ६६ जना घाइते भएका छन । जसमा ३ सय ७९ जना पुरुष छन भने ८७ जना महिला छन । तथ्याङ्क अनुसार दुर्घटना हुनेमा मोटरसाइकलको सङ्या बढी छ । लकडाउन अवधिभर ३ सय १७ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । त्यस्तै टूक÷टेक्टर ८९ वटा,टिपर ५,बस ९,माइक्रो ५,जिप,कार ७९,ट्याक्टर १५,टेक्पो १ र अन्य ६८ गरि ५ सय ८८ वटा सवारी साधनहरु दुर्घटनामा परेको प्रहरी उपरिक्षक बैदवारले जानकारी दिनुभयो । उहाँले अन्य महिनाहरुकोे तुलनामा लकडाउनको अवधिमा सवारी दुर्घटनाको सङ्या घटेको बताउनुभयो ।

लकडाउन पश्चात १४ जनाले ज्यान गुमाए

यसैबिच प्रदेश नं ५ मा लकडाउन पश्चात सवारी दुर्घटनाबाट १४ जनाले ज्यान गुमाएका छन । ५ नं प्रदेश कार्यालय तुलसीपुरको तथ्याङ्क अनुसार साउन ८ गते पछि हालसम्म १४ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा ११ जना पुरुष छन भने ३ जना महिला रहेका छन । लकडाउन पश्चात रुपन्देहीमा १६ वटा सवारी दुर्घटना हुदाँ २ जना महिलाले ज्यान गुमाएका छन । त्यस्तै पश्चिम नवलपरासीमा ८ सवारी दुर्घटना हुदाँ १ जना पुरुषले ज्यान गुमाएको प्रहरी वरिष्ठ उपरिक्षक बैदवारले जानकारी दिनुभयो । कपिलबस्तुमा २ सवारी दुर्घटना हुदाँ १ महिलाको ज्यान गएको छ भने दाङमा १९ वटा सवारी दुर्घटना हुदाँ ३ जना पुरुषको ज्यान गएको छ । त्यस्तै बाँकेमा २ सवारी दुर्घटना हुदाँ १ पुरुष र बर्दियामा २ दुर्घटना हुदाँ १ पुरुषले ज्यान गुमाएको बैदवारले बताउनुभयो । उहाँका अनुसार ५२ वटा सवारी दुर्घटना हुदाँ ३२ जना पुरुष र १६ जना महिला घाइते भएका छन । त्यस्तै उहाँले अधिकांश दुर्घटना चालकको लापरवाहीले हुने गरेको बताउनुभयो । यात्रुको गल्ति,ओभरटेक,तिब्र गति,मापसे,मोवाइल फोन,ओभरलोड चौपाया,यन्त्रिक गडबढी,सडक लगाएतका कारणले पनि सवारी दुर्घटना हुने गरेको उहाँको भनाई छ । साथै उहाँले लकडाउनको समयमा सवारी दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने समेत बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *