दाङको विकासको आधार कृषि र पर्यटन ः महरा

दाङ, २१ साउन । पूर्वसभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

घोराही उपमहानगरपालिका वडा नं १३ स्थित ज्यामिरे दह र त्यस आसपासका क्षेत्रको निरक्षण गर्दै महराले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान हुने बताउनुभएको हो । उहाँले दाङको आर्थिक विकासका लागि कृषि, पर्यटन र उद्योगधन्दाको विकास गर्नुपर्ने आवश्यकताा औल्याउनुभयो ।

दाङलाई पश्चिम नेपालकोे आर्थिक केन्द्र बनाउने आधार प्रशस्त भएको उल्लेख गर्नुहुँदै महराले विकासका लागि यहाँका सबै राजनीतिक दलहरुको साझा धारणा हुनुपर्ने बताउनुभयो । ‘हामी सबैको साझा प्रयत्नबाट मात्रै दाङको दीर्घकालीन विकास गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘विकासको मामिलामा हामी कोही विभाजित हुन जरुरी छैन ।’

कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै महराले अब उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री समेत रहनुभएका महराले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सबै श्रमसँग जोडिनुपर्ने आवश्यकता औल्याउनुभयो । पछिल्लो समय मुलुकको राष्ट्रिय राजनीति धमिलिएको उल्लेख गर्दै महराले जनताको तहबाट राजनीति सफा पार्न पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *