कृत्रिम जलाशय पर्यटकीय गन्तव्य बन्दै, चेपेमा डुंगा चल्यो

घोराही, २१ साउन । दाङको घोराही उपमहानगरपालिकाले कृतिम जलाशयहरुलाई बहुउपयोगी बनाउन शुरु गरेको छ । यसअघि सिचाइ र माछापालन हुँदै आएका जलाशयहरुमा अहिले पर्यटकीय गन्तव्य स्थल बन्न थालेका छन् ।

अहिले घोराहीका कृत्रिम जलाशय हेर्न जानेहरुको भीड बढ्न थालेको छ । यसैबीच घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे तालमा डुंगा सञ्चालनमा ल्याईएको छ । करिब साढे ७ बिगाह क्षेत्रफलमा फैलिएको तालमा आज देखी डुंगा सञ्चालनमा ल्याईएको हो । सिचाई, माछा पालन सँगै बाताबरणिय सुन्दरतता र पर्यटकिय आकर्षणका लागि आर्थिक बर्ष २०७५÷७६ सालमा उक्त चेपे ताल घोराही उपमहानगरपालिका र प्रदेश सरकारको लगानीमा निर्माण भएको हो ।

संघिय सांसद शान्ता चौधरी, नगर प्रमुख नरुलाल चौधरी, वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेय, इन्जिनियर रामधन श्रेष्ठ सहितको टोली आज तालमा डुंगामा सयर गरी चेपे तालमा डुंगाको सुरुवात गर्नुभएको हो ।
ताल क्षेत्रकै स्थानियहरुले १३ लाख २० हजार रुपैयाँ खर्च गरि डुंगा, लाईफ जकेट सहित आबस्यक सामाग्रीहरु खरिद गरेका छन् । कृत्रिम जलाशयलाई सिचाई सँगै आयआर्जन सँग जोड्नका लागि डुंगा सञ्चालनमा ल्याईएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो ।
जलाशयबाट सैयौ विगाह जमिन सिचाई हुनुका साथै वाताबरणिय सुन्दरता, माछा पालन, पानीको स्रोत बढ्ने र डुंगा सञ्चालन गरि पर्यटनको आकर्षणको केन्द्र बनाउने उदेश्यका साथ स्थानिय सरकार र स्थानिय नागरिकहरु लागेको उहाँको भनाई छ । उपमहानगरले वडा नम्बर १ का अध्यक्ष राममणि पाण्डेलाई ताल व्यवस्थापन तथा सञ्चालन समितिको संयोजक बनाईएको र अब डुंगा सञ्चालन कार्य विधी बनाई शुल्क निर्धारण हुने नगर प्रमुख चौधरीले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्ता चौधरीले अरु जलाशयहरुलाई पनि पर्यटकीय गन्तव्य बनाइनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘घोराही उपमहानगरपालिकामा निर्माण भएका २५ ओटै जलाशयहरुमा यसरी नै डुंगाको व्यवस्था गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘अब सरकारी र निजी क्षेत्रको सहकार्यमा पूर्वाधार बनाइनुपर्छ ।’ सडक लगायतका पूर्वाधारमा राज्यले लगानी गर्नुपर्ने र होटल व्यवसायमा निजी क्षेत्रको लगानी आउनुपर्ने उहाँको भनाई छ ।

घोराही उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष राममणी पाण्डेले रामपुर क्षेत्र पर्यटकी विकासका लागि उपर्युक्त भएको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रको विकासका लागि राज्यले दीर्घकानीन गुरुयोजना बनाउन आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

उपमहानगरपालिकामा इञ्जिनियर रामधन श्रेष्ठले अन्य जलाशयहरुलाई पनि चेपे जस्तै पर्यटकीय गन्तव्य बनाउने आफूहरुको योजना रहेको बताउनुभयो । दाङलाई हराभरा बनाउन कृत्रिम जलाशयहरुमो महत्वपूर्ण भूमिका रहने उहाँको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *