दिवाकर पोख्रेल
देउखुरी, साउन २० गते । दाङको लमही नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य लागि रणनीतिक योजना निर्माण गर्न थालेको छ ।
लमही नगरपालिका भकम्प सहित बाढी, सडक दुर्घटना, सर्पदंश,आगलागी, शितलहर जस्ता विपदको उच्च जोखिममा रहेको ठहर गर्दै विपदको पूर्व तयारी र प्रतिकार्यको लागि योजना रणनीतिक योजना निर्माण गर्न थालिएको छ ।
रणनीतिक योजना निर्माणको गर्नको लागि नेपाल रेडक्रस सोसाइटी मार्फत परामर्शदाताको सहयोगमा कामको शुरुवात गरिएको लमही नगरपालिका नगर प्रमुख कुलवहादुर केसीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा उपलव्ध श्रोत साधनको भरमा हालसम्म विपदको पूर्व तयारी र प्रतिकार्य गरिएको भएपनि अब, रणनीतिक योजनामा विपद संकटसन्नता लेखाजोख गर्ने, नगरका प्रत्येक वडाको विपद जोखिमको सूचना संकलन गर्ने, खोज उद्धार, सूचना समन्वयको काम गर्ने गरि रणनीतिक योजना निर्माण गरिने छ । यस्तै विपदमा पर्न सक्नेहरुको पहिचान गर्दै विपद प्रतिकार्य समुहलाई पूर्व तयारी लगायतका विषय रणनीतिक योजनामा समेटिने छन् ।
सोमबार लमही नगरपालिकामा भएको सरोकारवालहरुको बैठकले विप्द पूर्व तयारी तथा प्रतिकार्य लागि सातवटा विषयगत क्षेत्र र नेतृत्व निर्माण गरेको छ । जसमा खोज तथा उद्धार, सूचना र समन्वय समिति, आपतकालिन आवास तथा गैह्य खाद्य समिति, कृषि तथा खाद्य समिति, खानेपानी सरसफाई स्वास्थ्य र पोषण समति, संरक्षण समिति, शिक्षा समिति र राहत पुर्न निर्माण तथा पुर्नस्थापन समिति रहेका छन् ।
लमही नगरपालिका प्रमुख कुलवहादुर केसीको अध्यक्षतामा बसेको बैठकमा परामर्शदाता भूपमणि दाहालले दाङमा विपद्को अवस्था सातबर्षको अवधिमा दाङमा विपद्ले पु¥याएको क्षेती विवरण बारे जानकारी गराउनु भएको थियो ।