वाईसिएल नेपाल तुलसीपुर १७ र १८ छैठौ भेला सम्पन्न

घोराही । नेपाल कम्युनिष्ट माओवादी केन्द्रको भातृ संगठन योग कम्युनिष्ट लिग नेपाल वाइसिएल तुुलसीपुर उपमहानगरपालिका वडा नं. १७ र १८ छैठौ सम्मेलन बुधवार हेमन्तपुरमा सम्पन्न भएको छ ।

सम्मेलन आयोजक समितिका संयोजक नविन खड्का अध्यक्ष तथा नेकपा माओवादी केन्द्र तुुलसीपुर उपमहानगरपालिका सचिव तुलाराम भण्डारी –बारुदको प्रमुख आतिथ्यता एव वाईसिएल नेपाल तुलसीपुर नगरका ईन्चार्ज हेवेन्द्र शाहीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । सम्मेलनले रेशम चौधरीको अध्यक्षतामा तुुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ३१ सदस्यीय वडा कमिटि विस्तार गरेको छ ।

जसको उपाध्यक्षमा ललित पोख्रेल, सचिवमा कैलाश वली, सहसचिवमा शकर परियार रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रेम नेपाली, रविन नेपाली , श्रीधर नेपाली, सुरज नेपाली, मनिष बस्नेत, मिलन मगर, देवराज नेपाली, रविन चौधरी, भुवन बिसी, विभुु चौधरी, मनोज चौधरी, राज चौधरी, किशन चौधरी, सुरज चौधरी प्रकाश चौधरी, दीपक वली र शरद बुढाथोकी रहेका छन् ।

त्यस्तै तुुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा राजिन चौधरीको अध्यक्षतमा ३१ सदस्य नयाँ कमिटि विस्तार गरिएको छ । जसको उपाध्यक्षमा सुरज बिक., सचिवमा हरि केसी र सहसचिवमा नविन कुमारी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा धर्म चौधरी , नविन बिक, बिनोद बिक, प्रविन चौधरी, सुमन चौधरी, शुुसिल चौधरी, प्रकाश चौधरी, भुवन चौधरी, शरद कुमार रोका, लोकमान वली, यादव केसी, हरि खड्का, कमल वली , सुुरज बिष्ट, लोकराज वली र हिमाल बस्नेत रहेका छन् । उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र तुुलसीपुर उपमहानगरपालिका वडा नं. १८ वडाध्यक्ष लोकबहादुर बहकरी, सचिव डिल्ली ददेल, वडा नं. १७ वडाध्यक्ष हरि पौडेल लगायतका शुभकामना मन्तव्य राख्नुुभएको थियो ।

वाईसिएल नेपालका जिल्ला समन्वय सदस्य रविन नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वाईसिएल नेपालका जिल्ला सदस्य रमेश बस्नेतले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *