एसइईमा उत्कृष्ट अंक ल्याउने गुरुकुलका शुभम र एजिना सम्मानित

घोराही । दाङको घोराही उपमहानगरपालीका वडा नं १५ मा रहेको गुरुकुरु ऐकेडेमीका छात्र शुभम पोख्रेल र छात्रा एजिना अधिकारी घोराही नगर प्याव्सनद्वारा सम्मानित भएका छन ।

नगर भित्र छात्र तर्फ ४ जिपिए ल्याई गुरुकुल एकेडेमीका सुभम् पोख्रेल प्रथम भएका थिए भने छात्रा तर्फ गुरुकुल ऐकेडेमीकै अजिता अधिकारी प्रथम भएकि थिइन । प्राइभेट तथा बोर्डिङ स्कुल अर्गनाइजेशन नेपाल (प्याव्सन) घोराहि नगर कमिटिले प्रत्येक बर्ष नगर भित्र प्रथम बिद्यार्थिहरुलाई सम्मानित गर्ने गर्दछ । सोहि कार्यक्रम अन्तर्गत यस बर्ष अर्थात २०७९को एसइईको परिक्षामा सम्मिलित भई प्रथम स्थान हासिल गरेको भन्दै गुरुकुल एकेडेमीका छात्र शुभम पोख्रेल र छात्रा अजिता अधिकारीलाई सम्मान गरेको प्याव्सन घोराही नगर कमिटिका सचिव वालकृष्ण वलीले जानकारी दिनुभयो ।

छात्र तर्फ प्रथम भएका शुभम पोख्रेल गुरुकुल एकेडेमीको स्थापनाकालदेखिकै बिद्यार्थि हुन । उनि २०७२ साल देखि गुरुकुल एकेडेमीमा कक्षा २ बाट अध्यण गर्दै आएका थिए । सानै उमेर देखि निकै सरल र मिजासिला स्वाभावका शुभम पोख्रेल निकै मेहनति र लगनशिल थिए । जसको फल स्वरुप उनि इसर्ईईमा ४ जिपिए लिएर नगर प्रथम मात्र भएनन नेपाल प्रथमकै स्थानमा उनि पुगेका छन । सोहि स्थानमा पुगेको अवसरमा शुभम पोख्रेल जिल्ला बाहिर भएका कारण उनका बुवालाई नगद र प्रमाण पत्रले सम्मान गरीएको हो भने छात्रा तर्फ ३. ९५ जिपिए ल्याई प्रथम हने गुरुकुलकै अजिता अधिकारीलाई पनि नगद र सम्मान पत्रले सम्मान गरीएको प्याव्सन घोराही नगर कमिटिका अध्यक्ष विरेन्द्र चन्दले बताउनुभयो ।

नगर अध्यक्ष विरेन्द्र चन्दको अध्यक्षता तथा शिक्षक नाराएण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव वालकृष्ण वलीले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *