दाजुकाे अस्तु सेलाउन गएका तुलसीपुरका लाेकेन्द्र नारायणीमा बगेर बेपत्ता 

दाजुको अस्तु सेलाउन गएका दाङ तुलसीपुर उपमहानगरपालिका–१२ कौवापुरका लोकेन्द्र भुसाललाई नारायणी नदीले बगाउँदा बेपत्ता हुनुभएकाे छ । बिहीवार दाजु रेमन्तकाे अस्तु देवघाटमा सेलाउन गएका लाेकेन्द्रलाई नारायणीले बगाएकाे हाे ।

रेमन्तका फुपूका छोरा ३२ वर्षीय लाेकेन्द्रलाई शुक्रवार बिहान नारायणी नदीले बगाएकाे चितवन प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जानकारी दिएको छ । बेपत्ता लाेकेन्द्रकाे खोजी भइरहेको प्रहरीको भनाइ छ ।

तुलसीपुर–१२ काे रझेनामा साउन १५ गते बेलुका मोटरसाइकल र स्कुटर ठोकिँदा गम्भीर घाइते हुनुभएका रेमन्तकाे उपचारका क्रममा बुधवार भारतको लखनउमा ज्यान गएकाे थियाे

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *