सुजुकीको नयाँ भिटारा ब्रेजा गाडी सार्वजनिक, दाङमा बिक्रि सुरु

 

घोराही, १२ साउन

नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् । सुजुकी गाडीको आधिकारीक बिक्रेता स्वर्गद्धारी अटो डिष्ट्रव्युटर्स घोराहीले सोमबार उक्त गाडीको सार्वजनिक गरेको हो । डिष्ट्रव्यूटर्स सञ्चालक संकल्प श्रेष्ठले आफ्ना छोरीहरु साहिरा श्रेष्ठ र सुज्याना श्रेष्ठले एक कार्यक्रमका बिच सार्वजनिक गर्नुभएको हो ।

४१ लाख रुपैयाँ पर्ने उक्त गाडी बुक भैसकेको श्रेष्ठले जानकारी दिनुभयो । साविक राप्ती अञ्चलको आधिकारीक बिक्रेता स्वर्गद्धारी अटो डिष्ट्रव्युटर्स घोराहीले यो गाडी सहित १६ वटा मोडेलको गाडी बिक्रि गर्दै आएको छ । १४६२ सीसीको ‘के–सिरिज’ बीएस ६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले ग्राहकलाई सन्तुष्ट बनाउने संकल्प श्रेष्ठको भनाई छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध छ ।

चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी विक्री भएको एसयुभीमध्ये पर्ने कम्पनीको भनाई छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको बताईएको छ । सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु रहेको सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले बताउनुभयो । नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् ।

साथै यसमा १७÷७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्वील रहेका छन् । नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सन सहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *