देउखुरीमा चिरान सालको काठ सहित ११ जना काठ तस्करी पक्राउ

-शिवु खनाल

देउखुरी, १२ साउन
दाङमा पन्ध्र थान चिरान सालको काठ सहित एघार जना काठ तस्कर पक्राउ परेका छन् र दशजना काठ तस्कर फरार भएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीले जानकारी दिनुभयो । राप्ती गाउँपालिका वडा नम्बर ४ देविकोट राष्ट्रिय वनबाट आईतबार राति १२ बजे देविकोटबाट तल ल्याउन लागेको अवस्था पक्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका सहायक वन अधिकृत देविप्रसाद चौधरीले जानकारी दिनुभयो । देविकोटबाट राति १२ बजे पन्ध्र थान चिरान सालको काठ लिएर तल ल्याउने क्रममा दुईजना भालुवाङ् प्रहरीलाई हातपात गरेको तस्करीले वन कार्यालय बयान दिएको छन् । तस्करले प्रहरीको टाउकोमा रडले प्रहार गरि घाइते बनाएका छन् ।

डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीका अनुसार राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुरी निवासी २५ वर्षिय विरबहादुर वलि, सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी, नयाँ गाउँ जिवासी १८ वर्षिय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विकलाई डिभिजन वन कार्यालय देउखुरी, लमहीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

वनपैदावार (साल चिरान काठ) ओसारपोसार सम्बन्धि कसुर अपरामा अनुसन्धान गरि कारबाही गरिने डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीले बताउनुभयो । थप अन्य दशजना काठ तस्करको खोजी कार्य भएको छ । राप्ती गाउँपालिका निवासी अबद्धुल मियाले चिरान सालको काठ बोलाउन लगाएको पक्राउ परेका काठ तस्करहरुले बताएका हुन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *