नेपाल रेडक्रस सोसाइटी दाङको ५४ औं स्थापना दिवश

-दिवाकर पोख्रेल

देउखुरी, साउन १२ गते । रत्तदाताहरुले रगतको कुनैपनि मुल्य तिर्नुनपर्ने गरि दोस्रो पक्षलाई रगत उपलव्ध गराउनुपर्ने बताएका छन् । निशुल्क रुपमा दान गरिएको रगतलाई ब्लड बैंकबाट रगत वितरण गर्दा शुल्क लाग्ने गरेको प्रति सरोकारवालसंग समन्वय गरेर दान मार्फत प्राप्त गरेको रगतको मुल्य नलाग्न्े व्यवस्था गर्न आग्रह गरिेका हुन् । लमही नगरपालिका वडा नम्बर ३ का निमबहादुर थापाले रगतको कुनै मुल्य नहुने भएकाले चेकजाँच,शुद्धिकरण बापत लाग्ने शुल्कलाई पनि निशुल्क वितरण गर्ने व्इवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो‘रगतको मुल्य कसैलाई तिर्नु नपरोस बरु निशुल्क उपलव्ध गराइएको रगतको सदुपयोग कहाँ भएको छ, त्यसबारे निगरानी बढाउन आवश्यक छ ।’

यस्तै रत्दाता लमही ५ की लिला शाहाले रत्तदान गर्ने महिलाको संख्यामा बृद्धि गर्न आवश्यक रहेको भन्दै रगतलाई मुल्य पर्देन भन्ने खालको शन्देश दिन आवश्यक रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको ५४ औं रक्त सञ्चार सेवा स्थापना दिवशमा सहभागि भएका अधिकाश रक्तदाताहरुले रक्तदानबाट संकलन भएको रगतलाई निशुल्क वितरण गर्न आग्रह गरेका हुन् । दाङमा ८५ प्रतसत रगत रक्तदान मार्फत संकलन हुने गरेको रक्त सञ्चार सेवा घोराहीका इन्चार्ज दिलीप न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,आवश्यक पर्ने अधिकाश रगत दानबाटै प्राप्त हुन्छ, शुद्धिकरण र चेकजाँच गरेको न्युनतम मुल्य मात्र तिर्नुपर्ने हुन्छ,रगतको कुनै मुल्य हुँदैन ।’

जनतालाई आवश्यक पर्ने रगत निशुल्क रुपमा प्राप्त गर्ने बाताबरण मिलाउन प्रदेश सरकारलाई आग्रह गर्ने प्रदेश साँसदले बताउनुभएको छ । ‘प्रदेश साँसद रेवतीरमण शर्माले रगत शुद्धिकरण र चेकजाँच बाफतको शुल्क सरकारले तिर्ने गरि र जनताले निशुल्क रगत पाउने व्यवस्था हुनुपर्छ साँसद शर्माले भन्नुभयो ।’यस्तै कार्यत्रममा सहभागि प्रदेश साँसद दामा शर्माले रक्तदान प्रकृयामा महिलाको सहभागिता कम देखिनु जनचेतना अभाव र सामाजिक अन्धविश्वासका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, हरेक प्रकृयामा महिलाको सहभागिता कम हुनुलाई अहिलेको अवस्थामा सामान्य मान्न सकिन्छ । निर्णय प्रकृयामा महिला सहभागिता नहुँदाको परीणाम हो, यस्लाई बढाउन आवश्यक छ ।

यस्तै कार्यक्रममा सहभागि अर्का प्रदेश साँसद इन्द्रजित थारुले देउखुरीमा ब्लड बैंक स्थापना गरेर जनतालाई सुविधा दिन आवश्यक रहेको भन्दै ट्रमा सेन्टरको स्थापना संगै देउखुरीबासीको सपना पूरा हुने बताउनुभयो । प्रदेश साँसद सरस्वती गौतमले रेडक्रस विशुद्ध सामाजिक संस्था भएको भन्दै रेडक्रसले रक्तसंकलन र रगतको महत्वको बुझाउन खेलेको भूमिकाको प्रशशा गर्नुभयो । कार्यक्रममा लमही नगरपालिका प्रमुख कुलवहादुर केसीले नगरपालिकाले ब्लड बैंंक स्थापनाको लागि बजेटको व्यवस्था गरेको र संचालन गर्नको लागि देउखुरीका चारवटा पालिकासंग सहकार्य गरिने बताउनुभयो । कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख लोकराज केसी,लमही नगरपालिका उप प्रमुख देवका बेल्वासे, राप्ती गाउँपालिका उप प्रमुख जगदम्बा चौधरी नेपाल रेडक्रस सोसाइटी प्रदेश ५का उप सभापती इश्वर पोख्रेल,नेपाल रेडक्रस सोसाइटी दाङ शाखा सभापती नारायण प्रसाद आचार्यको अध्यक्षता तथा प्रदेश साँसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृर्षि विकास बैंक घोराहीलाई सम्मान गरिएको थियो ।

दाङमा प्रत्येक बर्ष रगतको खपत बढ्दै गएको छ । आर्थिक २०७५÷०७६ मा दुइहजार नौसय यूनिट रगत खपत भएकोमा गत आर्थिक बर्षमा तीनहजार दुइसय यूनिट खपत भएको गरेको रक्त सञ्चार सेवा केन्द्र दाङले जनाएको छ । रत्तदान गर्नेमा महिलाको संख्या कम पायएको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको तथ्याङ अनुसार रेडक्रसले संकलन गरेको भदौ १९ गते लमहीमा नेपाल रेडक्रस सोसाइटी उप शाखा लमहीले रक्तसंचार सेवाको उद्घाटन गर्ने भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *