दाङ प्रहरीलाई ठूलो सफलता

दाङ, १० साउन । जिल्ला प्रहरी कार्यालय दाङले ७ किलो लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा देउखुरीको राप्ती गाउँपालिका – १ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलन गरि पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख चन्दका प्रहरीले उनीहरुको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागुऔषध अफिम नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ बर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ बर्षीय लालमन घर्तिमगर, सोही ठाउँ निवासी ३२ बर्षीय हर्कबहादुर घर्तिमगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विकलाई पक्राउ गरेको प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।

प्रहरीले लागुऔषध अफिमसहित उनीहरुको साथबाट लु. १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप, लु ४० प ९८०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाईकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्धामा १० दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनको सहजिकरण प्रहरी नायव उपरिक्षक सुमित खड्काले गर्नुभएको थियो । प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणलाई कडाई गरेको छ । जसअन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध गाँजालाई नष्ट गर्ने काम भैरहेको समेत प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *