रूचाएनन जनताले बिद्रोहि कम्युनिष्टको चुनाव बहिष्कार

भुपेन्द्र केसी

हिंसा मुलुकको परिवर्तनको माध्यम होईन । हिंसाले देशलाई अप्ठ्यारोमा पार्ने बाहेक अरू केहि गर्दैन । ‘द ब्यालेट इज स्ट्रन्गर द्यान अ बुलेट’– अब्राहम लिन्कनले दिएको यस परिभाषाले मतदानको सम्पूर्ण अर्थ दिन्छ । बुलेट अर्थात् बन्दुकले नसकेर कयौँ विद्रोहीले ब्यालेट नै रोजेका छन्, कोलम्बिया, श्रीलङ्का, र खाडीका कयौं मुलुकहरु पनि पहिला बुलेट अनि ब्यालेटमा आएको थुप्रै उदाहरण छन् । टाढा किन हाम्रै नेपालमा पनि युद्ध आखिर शान्तिसम्झौतामा गएर टुङ्गिएको हो ।

लोकतान्त्रिक समाजमा निर्वाचन एक शक्तिशाली अहिंसात्मक औजारमध्ये एक हो । निर्वाचनमा एक मत मात्र पनि अमूल्य हुन्छ । हामीले परिवर्तन चाहेर मात्र हुँदैन, यसका लागि मतदान केन्द्रमा गएर मतदान गर्नैपर्छ । जुन कुराले गहिरो अर्थ राख्छ, त्यसमा हामी मौन बस्यौँ भने हाम्रा दिन सकिन्छन् । जनताले मत नदिएको भए इतिहासको उपेक्षा र भविष्यप्रति विश्वासघात हुने थियो । जनताले खुसी साटेरै अधिकतम रूपमा गोप्य मतदान गरे ।

समान अधिकारको नाममा बिप्लव निकट नेपाल कम्युनिष्ट पार्टी र धर्मेन्द्र बास्तोला निकट नेपाल कम्युनिष्ट पार्टीले चुनाव बहिष्कारको लागि सकेजतिको अबरोध गर्यो । यि दुई पार्टीले गरेको बहिष्कारको मतलव नगरी ज्यानको बाजी राखेर पनि आम जनताले चुनावमा सहभागिता जनाएर मतदान गरे । जसको स्पस्ट अर्थ हो बुलेट होईन ब्यालेट नै परिवर्तनको मुख्य औजार हो। दुई कम्युनिष्ट पार्टीको बहिष्कार र अबरोधको बिचबाट चुनाव सम्पन्न भयो ।

यो एक्काइसौँ शताब्दी हो । समाज निकै खुला भइसकेको छ । जसले डर धम्कीको भाषा प्रयोग गरे पनि जनताले त्यसलाई राम्ररी नियालेका हुन्छन । अहिलेको जमानामा पनि कोहीले भोट नहाल भनि धम्की दिन्छन त कोहिले पैसाले भोट जित्छु भन्ने ठान्छन् ।

चुनावमा समाहित माओवादीले भोट माग्ने नाममा जनतालाई तर्साउने धम्कि दिने र भोट आफ्नो पोल्टा पार्ने दाउमा लाग्यो । माओवादीले धम्कीको भाषामा भोट मागे पनि जनताले गोप्य मतदान बाट कम भोट दिए । यस पालिको चुनावले पुष्टि गर्दछ कि माओवादीका गतिविधि अझै स्विकार्न योग्य छैनन । मारिने कुटिने डरले प्रत्यक्ष बोल्न नसके पनि गोप्य मतदानबाट जनताले बोलेका छन माओवादी हामिलाई मान्य छैन ।

देश र जनतालाई सही बाटोमा ल्याउन सक्नेलाई मत दिएका छन । मतदान भनेको विवेक दान हो, आवेगमा हैन विवेकले मतदान गरेपछि भविष्यका लागि ढुक्क भईन्छ । मतदान भनेको हाम्रो लागि मात्र नभएर हाम्रा सन्ततिको भविष्यका लागि पनि हो । सारा देशको भविष्य त आम मतदाताको हातमा रहेको हुन्छ । आफ्नो मतको अधिकार आफ्नै हातमा हुन्छ ।

अहिले दुई ओटा कम्युनिष्ट पार्टिले बहिष्कार नारा दिएका थिए भने तिनको इतिहास युद र बन्दुक नै थियो । तिनले भनेको हामीले किन मान्ने वास्तवमा यो निर्वाचन प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको थियो जसले मुलुकका लागि आवश्यक ऐनकानून बनाउँछन् । यो चुनावको महाअभियानलाई रोक्ने र आफ्नो प्रभुत्व जमाउन खोज्नेलाई जनताले नराम्ररी झापड दिएका छन् । मुलुकमा कानून, संविधान र लोकतन्त्रको रक्षा र समृद्धि दिन सक्नेलाई चिन्नु पर्छ नकि फेरी युद थोपर्नेलाई । जनताले प्रकट गरेको यो मतले अब युद रक्तपात होईन शान्ति र सहिष्णुता चाहिन्छ भन्ने प्रष्ट भएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *