विकास र जातिय भेदभाव तथा छुवाछुत विरुद्ध कलम चलाउने चारजना पत्रकार सम्मानित

देउखुरी क्षेत्रका क्रियाशिल चारजना पत्रकारलाई दलित सचेतना अभियान दाङले सम्मानित गरेको छ । देउखुरी क्षेत्रमा रहेर समग्र रुपमा देउखुरीको विकास र जातिय भेदभाव तथा छुवाछुत विरुद्ध निरन्तर रुपमा समानतामुलक समाज निर्माण लागि संचारक्षेत्रबाट योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । दलित सचेतना अभियान दाङको १३ औं बार्षिक साधरणसभा तथा चौथो अधिबेसनको अवसरमा पत्रकारलाई सम्मान गरेको हो । पत्रकारलाई शहरी विकास मन्त्री दाङ क्षेत्र नं १ का साँसद मेटमणी चौधरीले सम्मान गर्नुभएको हो ।

सम्मानित हुने पत्रकारहरु गणतन्त्र राष्ट्रिय दैनिक तथा उज्यालो नेटवर्कका देउखुरी प्रमुख शिवु खनाल, नेपाल टेलीभिजन तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका देउखुरी प्रतिनिधि दशरथ घिमिरे, दाङ समाचार डटकमका सम्पादक, नेपाल लाइफका देउखुरी प्रतिनिधि प्रिया स्मृती गजमेर र पत्रकार अरुण नेपाली हुनुहुन्छ ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मन्त्री चौधरीले उक्त कार्यक्रममा दाङ देउखुरी क्षेत्रका विकासको महत्वकांक्षी योजना सुनाउनु भएको थियो । मन्त्री चौधरीले जातिय भेदभाव तथा छुवाछुत अन्त्यको लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *