घोराही, ९ वैशाख । जिल्ला खेलकुद विकास समिति दाङको अध्यक्षमा युवा नेता विवेक श्रेष्ठ नियुक्त हुनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले श्रेष्ठलाई खेलकुद विकास समिति दाङको अध्यक्षमा नियुक्त गरेको हो। श्रेष्ठ यसअघि शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा पनि दाङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको थियो। यो उहाँको दोस्रो कार्यकाल हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दाङ जिल्ला अध्यक्ष हुँदा श्रेष्ठकै नेतृत्वमा नेत्रलाल अभागी स्मृति जिल्ला स्तरीय फुटबल प्रतियोगिता भएको थियो। त्यसैगरी उहाँकै नेतृत्वमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता पनि भएको थियो।
श्रेष्ठ नेकपा एमाले दाङको जिल्ला सचिवालय सदस्य एवं निर्वाचन विभाग प्रमुख हुनुहुन्छ ।

