दाङ-राेल्पा खण्डमा विद्युतीय गाडी सञ्चालन

चेतना अनलाइन

घोराही । दाङ-रोल्पा सडक खण्डमा विद्युतीय गाडी सञ्चालनमा आएको छ ।

रोल्पा जलजला यातायात प्रालीले पहिलोपटक दाङको घोराहीबाट रोल्पाको लिबाङमा विद्युतीय गाडी सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा दैनिक तीनवटा विद्युतीय गाडी सञ्चालन गरिने प्रालीका प्रशासनिक इन्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय विद्युतीय सवारीतर्फ आकर्षण बढेकाले प्रणालीले पनि सञ्चालन गर्न थालेको हो ।

आगामी दिनमा प्रणालीले अन्य सडक खण्डमा पनि विद्युतीय गाडी सञ्चालन गर्ने योजना बनाएको छ ।
“हाम्रो जस्तो जलविद्युतमा सम्पन्न मुलुकले अब यातायात क्षेत्रमा विद्युतीय गाडीलाई प्राथमिकता दिनुपर्छ’ आचार्यले भन्नुभयो, ‘आगामी दिनमा क्रमश नेपालमा विद्युतीय गाडीको विस्तार हुनेछ ।’

प्रालीले घाेराहीबाट लिवाङका लागि बिहान साढे ६ बजे, साढे १० बजे र दिउसाे साढे दुई बजे विद्युतीय गाडी सञ्चालनमा ल्याएकाे छ । लिवाङबाट साेहि समयमा दैनिक तीन ओटा गाडी दाङका लागि छुट्ने छन् ।

अन्य प्रालिहरूले पनि क्रमशः विद्युतीय गाडी सञ्चालनमा ल्याइरहेकाे आचार्यले जानकारी दिनुभयाे ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *