कक्षा १२ मा देशभर सर्वोत्कृष्ट अंक ल्याउने उत्सव घिमिरेलाई सम्मान

घोराही, १९ भदौ । गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कूल घोराहीले कक्षा १२ मा देशभर सर्वोत्कृष्ट अंकसहित उत्तीर्ण भएका उत्सव घिमिरेलाई सम्मान गरेको छ । मंगलबार, गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीको अध्यक्षता र घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डिसीको प्रमुख आतिथ्यतामा, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ३.९६ जीपीए प्राप्त गरेका घिमिरे, साथै उहाँका अभिभावक उत्तम राज घिमिरे र हिन्दू घिमिरेलाई फूलमाला, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिसीले उत्कृष्ट नतिजा हासिल गर्न सफल घिमिरेलाई बधाई दिँदै सुखद भविष्यको कामना गर्नुभयो । विद्यार्थीहरूको लगन र मिहिनेतलाई कदर गर्दै, उनीहरूलाई शैक्षिक उत्कृष्टताका लागि प्रोत्साहन गर्नु विद्यालयको सकारात्मक कार्य भएको बताउनुभयो । गोरखा स्कूलले शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण सफलता हात पारेको भन्दै, डिसीले स्कूलले सुरु गरेको नैतिकता र संस्कारमा आधारित शिक्षा अभियानको प्रशंसा गर्नुभयो ।

गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्तीले विद्यार्थी, शिक्षक, र अभिभावक सबैको सामूहिक प्रयासबाट स्कूलले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । स्कूलले शिक्षालाई केवल शैक्षिक प्रमाणपत्रसँग मात्रै नभई संस्कार, सीप, र जीवनोपयोगी ज्ञानसँग पनि जोडेको बताउनुभयो । स्कूलका प्राचार्य मानसिंह जीएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक एच. एन. पाण्डेले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *