नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनमा उम्मेदवार परिचयात्मक कार्यक्रम

नेपाल इन्जिनियरिङ एसोसिएसनको यही भदाै २८ गते हुन गइरहेको निर्वाचनका लागि नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठनले आज घोराहीमा उम्मेदवार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
यसैबीच घोराहीमा उम्मेदवार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संगठनका लुम्बिनी प्रदेश अध्यक्ष तेजराज खड्काको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि आचार्यले देश निर्माणको बागडोर सम्हाल्न इन्जिनियरहरूलाई आह्वान गर्दै जितको अग्रिम शुभकामना व्यक्त गर्नु भएको छ । संगठनको चुनावी एजेन्डा र प्राथमिकताहरू स्पष्ट हुनु आवश्यक छ । यसमा इन्जिनियरहरूको हितमा काम गर्ने योजनाहरू, व्यावसायिक विकासका अवसरहरू, र इन्जिनियरिङ पेशाको स्तर वृद्धि गर्नका लागि केन्द्रीय र स्थानीय सरकारसँगको सहकार्यको योजना समावेश हुनु पर्छ । चुनावी प्रचारमा सामाजिक सञ्जाल, डिजिटल मिडिया, र अन्य संचार माध्यमको प्रयोग गरेर एजेन्डा र उम्मेदवारको पहुँच बढाउँदै इन्जिनियरिङ क्षेत्रसँग सम्बद्ध पेशागत समस्याहरूलाई गहिरो रूपमा बुझेर, सोही अनुसार समस्याको समाधान गरी मतदातामा विश्वास बढाउनु पर्ने कुरामा जोड दिनु भएको छ ।

साथै संगठनका सबै उम्मेदवारलाई विजयी बनाउनका लागि पार्टीले प्रदेशभर अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, घोराही उपमहानगरपालिकाका डिभिजन इन्जिनियर युवराज पौडेल, नेपाल बुद्धिजीवी संगठन दाङका सचिव भीमसेन गिरीलगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष इन्जिनियर गोविन्द कुमार मल्लले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *