चेतना अनलाइन
घोराही, १० भदौ । लोकदोहोरी गायक प्रेम शर्माले अन्तर्राष्ट्रिय लोक दोहोरी अवार्ड प्राप्त गरेका छन् ।
धुन नेपालले मलेसियाको क्लारामपुरमा एक समारोहका बीच शर्मालाई डीएन अन्तर्राष्ट्रिय पुरस्कार २०२४ मार्फत अवार्ड प्रदान गरेको हाे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य समेत रहेका शर्मा दुई दशकदेखि कलाकारिता क्षेत्रमा क्रियाशील छन् ।
दाङ हापुर निवासी शर्मा देशका विभिन्न स्थानमा आयोजना गरिने मेला तथा महोत्सवहरूमा विभिन्न अवार्ड तथा पुरस्कारहरू प्राप्त गर्दै आएका छन् । यो अवार्डले आफूलाई उत्साहित र कलाकारिता क्षेत्रमा थप जिम्मेवार तथा लगनशील बन्न प्रेरित गरेको शर्माले प्रतिक्रिया दिए ।








