राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलता दाङको विकासको कोशेढुंगा बन्न सक्छ

सविन प्रियासन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना हुनु दाङ क्षेत्रको लागि एक महत्वपूर्ण उपलब्धि हो । यो संस्था केवल स्वास्थ्य सेवाको प्रदायकमात्र नभएर, शैक्षिक क्षेत्रमा पनि जिल्लाकै गौरबमय संस्थाकारुपमा स्थापित हुने लक्षण देखा परेको छ । प्रतिष्ठानले दाङ र यस आसपासका क्षेत्रका जनताका लागि उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ । यसले स्थानिय जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याएको छ । साथै, यस क्षेत्रका विद्यार्थीलाइ चिकित्सा शिक्षा प्राप्त गर्न सहजता मिलेको छ ।

हाल प्रतिष्ठानमा एमडी, नर्सिङ तहको पढाई सञ्चालन भैरहेको छ भने निकट भविष्यमा एमबीबीएस तहको पढाई पनि शुरू गरिने तयारी भैरहेको छ । यसले स्थानीय विद्यार्थीलाई स्वदेशमै उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । यस प्रतिष्ठानको स्थापना र प्रगतिको लागि यसक्षेत्रका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरु सबैको महत्वपूर्ण भूमिका रहेको छ ।
विगतमा दाङमा स्वास्थ्य सेवा र शैक्षिक अवसरको अभाव थियो । जनतालाई राम्रो उपचार र उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्न काठमाडौं लगायतका ठूला शहर अनि देश बाहिर समेत जानुपर्ने बाध्यता थियो । तर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनापछि यी समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अहिले प्रतिष्ठानले स्वास्थ्य उपचारमा उल्लेखनीय सुधार गरेको छ, जसको कारण जनताले सहज र गुणस्तरीय सेवा प्राप्त गर्न थालेका छन् । एकपछि अर्को जटिल रोगको उपचार यही हुन थालेको छ । बिरामी रिफर हुनेक्रम ज्यादै न्यून भएको छ भने प्रतिष्ठानमा उपचारका लागि बाहिरि जिल्लाबाट समेत मान्छेहरु आउनेक्रम बढेको छ ।

प्रतिष्ठानको स्थापना र विकासमा यसक्षेत्रका राजनीतिक नेताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ । विशेषतः नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले यस संस्थाको शैक्षिक कार्यक्रम सञ्चालनका लागि केन्द्रमा निकै पहल गरिरहनु भएको छ । उहाँको पहलले प्रतिष्ठानमा एमडी तहको पढाई शुरू भैसकेको छ भने अब निकट भविष्यमै एमबिबिएसको पढाई हुन लागि रहेको छ । एमाले महासचिव पोख्रेलसहित प्रतिष्ठानलाई अगाडी बढाउन सबै जसो राजनीतिक दलका जिल्लस्थित अगुवा नेताहरुले पनि सुरु देखि आजसम्म सकारात्मक भूमिका खेल्नु भएको छ । यसका लागि सबै नेताज्यूहरु बधाईको पात्र हुनुहुन्छ ।  जिल्लाको विकाससँग जोडिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आजको दिनसम्म आउँदा यस क्षेत्रका विद्यार्थीहरूलाई उच्चस्तरीय चिकित्सा शिक्षा प्राप्त गर्न र स्थानीय जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पाउन भरपर्दो र सजिलो संस्थाकारुपमा स्थापित भएको छ छ ।

प्रतिष्ठानको स्थापना र विकासका लागि यस क्षेत्रका नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मीहरू लगायत सबैको सामूहिक प्रयास रहेको छ । नागरिक समाजले लगातार जनचेतना अभियान चलाएको थियो जसले गर्दा स्थानीय जनतामा स्वास्थ्य र शिक्षाको महत्वबारे जनचेतना फैलियो । उद्योगी व्यवसायीहरूले आर्थिक सहयोग पु¥याएका थिए भने सञ्चारकर्मीहरूले प्रतिष्ठानको स्थापनाका लागि आवश्यक जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिष्ठान स्थाना गर्ने सरकारले निर्णय गरेपछि दाङ उद्योग वाणिज्य संघ संयोजक, नेपाल पत्रकार महासंघ दाङ सदस्य सचिव रहेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समिति गठन भएको थियो । जसमा नागरिक समाज लगायत यहाँका सरोकारवाला केही संस्थाहरु सदस्य रहेका थिए । उवासंघको तर्फबाट नारायण भुसाल संयोजक र नेपाल पत्रकार महासंघको तर्फबाट म स्वयं सविन प्रियासन सदस्य सचिव रहेर प्रतिष्ठानको विकासका लागि हामीले भूमिका खेलेका थियौ । त्यतिबेला सरोकार समितिको तर्फबाट प्रतिष्ठानको हितका लागि काठमाडौं डेलिगेशन जाने देखि धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान कसरी चलि रहेको छ र राप्तीलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर अध्ययन गर्न समेत सरोकार समिति पुगेको थियो । जिल्लामा देखा परेका समस्यालाई समाधान गर्दै प्रतिष्ठानको विकासका लागि जग्गाप्राप्ति देखि सिंगो समाजमा सकारात्मक माहोल बनाउन सरोकार समितिले दिनरात नभनि काम गरेको थियो । त्यतिबेला संयोजककारुपमा नारायण भुसाल, सदस्य सचिवका रुपमा म स्वयं, सदस्यकारुपमा नागरिक समाज तत्कालिन अध्यक्ष चन्द्रराज पन्त, राजनीतिक दलका केही नेता साथीहरु अलि बढि क्रियाशिल थियौ । प्रतिष्ठान स्थापना गर्ने सवालमा युवा नेता जीवन गौतम, डा. जनार्दन पन्थीलगायतका केही व्यक्तित्वहरुको पनि निकै नै महत्वपूर्ण योगदान छ ।  यतिबेला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्व दाङकै डा.विकास लामीछानेले गर्नु भएको छ । उहाँको कार्यकौशलता मनन् गर्न योग्य छ भन्ने कुरा पछिल्लो समयमा प्रतिष्ठानको शैक्षिक गतिविधिहरु एकपछि अर्को थपिदै जानुले पनि
गरिसकेको छ । यस बाहेक पनि प्रतिष्ठानको पदाधिकारीमा यतिबेला जेजति बाहल हुनुहुन्छ उहाँहरु सकारात्मक सोँचसहित प्रतिष्ठानको हितमा लागि रहनु भएको छ । सबै मिलेपछि कुनै पनि संस्थाले प्रगति गर्छ भन्ने कुरा प्रतिष्ठानको दिनदिनैको प्रगतिले स्थापित गरेको छ ।

प्रतिष्ठानको बारेमा कुरा गरिरहँदा विगतमा प्रतिष्ठानको नेतृत्व सम्हाल्नु भएकी डा संगीता भण्डारीले पनि स्थापनाकालका जटिल दिनहरुलाई सम्हालेर रचनात्मक काम गर्नु भएकै हो । उहाँको टीमले पनि सुरुका असहजतालाई पार लगाउँदै प्रतिष्ठानको विकासको सवालमा खेलेको भूमिका समग्रमा प्रशंशनीय छ ।

आज समय र परिस्थितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समितिलाई सक्रिय बनाउन जरुरी देखिएको छैन । तथापी हामीहरुले अहिले पनि प्रतिष्ठानको हितका लागि आ–आफ्नो ठाउँबाट सकारात्मक सहयोगको भूमिका खेलिरहेका छौं । हामी अहिले पनि के विश्वासमा छौ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सफलता समग्र दाङको विकासको कोशेढुंगा बन्न सक्छ । प्रतिष्ठान स्थापना भएपछि केही समस्याहरु तत्कालिनरुपमा देखा परेकै हुन । सबैजसो समस्या यतिबेला समाधान भैसकेको अवस्था छ । प्रतिष्ठानलाई अगाडी बढाउन प्रतिष्ठानका पदाधिकारी, कर्मचारी संयन्त्रहरुको पनि महत्वपूर्ण भूमिका छ । प्रतिष्ठानलाई सही मानेमा गतिशिल बनाउन पदाधिकारीहरुले अव्वल काम गरेका छन् । स्थापनाकालदेखि अहिलेसम्मका प्रतिष्ठानका पदाधिकारीहरुकै कार्यकौशलताकै कारण भन्नुपर्छ राजनीतिक नेतृत्व, सरोकारवाला निकायहरु पछिल्ला दिनसम्म आउँदा सबैपक्ष प्रतिष्ठानको हितमा उभिने अवस्था सिर्जना भएको छ । यसको लागि पनि प्रतिष्ठानको नेतृत्व बधाईको पत्र छ । प्रतिष्ठानको सफलतालागि आउँदा दिनहरुमा पनि यहाँका सरोकारवाला निकायहरुलाई थप जिम्मेवार बनाउन प्रतिष्ठानले कुनै न कुनै रुपमा छलफल, अन्र्तक्रिया गरिरहनु पर्छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ र आसपासका क्षेत्रका जनताका लागि उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ । यसको विकासका लागि हामी सबैको दायित्व रहेको छ । हामीले प्रतिष्ठानको प्रगति र विकासका लागि आवश्यक सहयोग पु¥याउनु पर्छ । प्रतिष्ठानलाई अझ सशक्त बनाउँदै यसलाई देशकै उत्कृष्ट स्वास्थ्य तथा शैक्षिक संस्थाको रुपमा विकास गर्न हामी सबैले आ–आफ्नो तर्फबाट योगदान दिनु आवश्यक छ ।

यस प्रतिष्ठानले दाङ क्षेत्रको आर्थिक, सामाजिक, र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । प्रतिष्ठानको प्रगति र यसको सेवा तथा शैक्षिक गुणस्तरलाई थप सुदृढ बनाउन आवश्यक सहयोग पु¥याउनु हाम्रो दायित्व हो । यसले स्थानिय जनतालाई उत्कृष्ट स्वास्थ्य सेवा र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्नेछ । प्रतिष्ठानको विकाससँगै दाङको समग्र विकासको सपना पनि साकार हुनेछ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र विकासमा सबैको सामूहिक प्रयासले यस क्षेत्रको स्वास्थ्य र शैक्षिक क्षेत्रमा महत्वपूर्ण सुधार ल्याएको छ । आगामी दिनहरूमा पनि हामी सबैले यस प्रतिष्ठानको प्रगति र विकासका लागि आवश्यक कदम चाल्नुपर्नेछ । यसले हामीलाई स्वस्थ र समृद्ध समाज निर्माण गर्न सहयोग पु¥याउनेछ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *