एमाले दाङ इञ्चार्जमा चाैधरी,गाैतमलाई संगठन विभागकाे जिम्मेवारी

चेतना अनलाइन

घाेराही । नेकपा (एमाले) मा केन्द्रीय नेताहरूकाे कार्यविभाजन गरिएकाे छ ।
एमाले सचिवालयकाे बैठकले सबै नेताहरूकाे कार्यविभाजन गरेकाे हाे । जसअनुसार दाङ जिल्ला इञ्चार्जकाे जिम्मेवारी पाेलिटब्यूराे सदस्य नरूलाल चाैधरीलाई दिइएकाे छ । उहाँ यसअघि प्युठान जिल्ला इञ्चार्ज हुनुहुन्थ्याे ।
बैठकले केन्द्रीय सदस्य जीवन गाैतमलाई केन्द्रीय संगठन विभाग सदस्यकाे जिम्मेवारी दिइएको छ । उहाँलाई संगठन विभाग सदस्यकाे साथै दाङ निर्वाचन क्षेत्र नं २ काे इञ्चार्जकाे जिम्मेवारी दिइएकाे छ । गाैतम यसअघि राेल्पा जिल्ला इञ्चार्ज हुनुहुन्थ्यो ।

त्यसैगरी पाेलिटब्यूराे सदस्य शान्ता चाैधरीलाई निर्वाचन क्षेत्र नं १ काे इञ्चार्ज र केन्द्रीय सदस्य काेमल वलीलाई निर्वाचन क्षेत्र नं ३ काे इञ्चार्जकाे जिम्मेवारी दिइएको छ ।

भागवत विश्वासीलाई लुम्बिनी प्रदेश स्कुल विभाग प्रमुख जिम्मेवारी दिइएकाे छ ।

त्यसैगरि १ (१) काे इञ्चार्ज साजिदा सिद्धिकी, १ (२) काे इञ्चार्ज सीता न्याैपाने, २(१) काे मेनका पाेख्रेल, २ (२) काे कुमार दसाैदी र३ (१)काे घनश्याम पाण्डेयलाई इञ्चार्जमा जिम्मेवारी दिइएकाे छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *