चेतना अनलाइन
घाेराही, २९ चैत । दाङकाे घाेराहीस्थित विजि मोबाइल सेन्टरमा किस्ताबन्दीमै सामसुङ कम्पनीको मोबाइल बिक्री सुरु भएको छ।
घाेराहीकाे न्यु राेड स्थित दामाेदर चाेकमा रहेकाे विजि माेबाइल सेन्टरले ४० प्रतिशत डाउन पेमेन्टमा माेबाइल बिक्री शुरू गरेकाे हाे । याे सुविधा सामासुङ कम्पनीकाे माेबाइलमा उपलब्ध भएकाे विजि माेबाइ सेन्टरका सञ्चालक गगन केसीले जानकारी दिनुभयाे ।
२० हजार रूपैयाँ देखि साढे दुई लाख रूपैयाँ मूल्य सम्मका माेबाइल विना धिताे किस्ताबन्दीमा बिक्री भइरहेकाे केसीले जानकारी दिनुभयाे । ‘ग्राहक ज्यूहरूले आफूलाई अनुकुल पर्ने गरि मासिक या तीन महिनाकाे किस्ता तिर्न सक्नुहुन्छ,’ उहाँले भन्नुभयाे, ‘हामी ग्राहकहरूकाे खुसीका लागि दिन सकिने जति हरेक कम्पनीका माेबाइलमा छुट तथा सहुलियत दिइरहेका छाैं, किस्ताबन्दीकाे सुविधा भने सामसुङ कम्पनीको माेबाइलमा मात्र रहेकाे छ ।’

एकै पटक महंगो माेबाइलमा खर्च गर्दा ग्राहकलाई धेरै आर्थिक भार पर्ने भएकाले किस्ताबन्दीकाे अफर ल्याइएकाे अर्का सञ्चालक निर्मला केसीले जानकारी दिनुभयाे । ‘ग्राहकले नागरिकताकाे फाेटाेकपी र दुई ओटा फाेटाे ल्याएर आउनुभयाे भने ४० प्रतिशत रकम बुझाएर माेबाइल खरिद गर्न सक्नुहुने छ,’ उहाँले भन्नुभयाे, ‘हामीले सम्पूर्ण प्रकृया १० मिनेट भित्रै पूरा गर्दिन्छाैं ।’
याे सुविधा कम्पनीले नै दिएकाे केसीले बताउनुभयो ।
