बबइ,१८ माघ । अखिल (क्रान्तिकारी) श्री सरस्वती मा.वि बबई ७ चरकमटिया बिद्यार्थी भेला, प्रशिक्षण तथा सम्मेलन सम्पन्न भएको छ । भेलाले नमुना घर्तीको अध्यक्षतामा ५१सदस्यीय समिति चयन गरेको छ ।
जसको अध्यक्षमा नमुना घर्ती , उपाध्यक्षमा रुपा वली, विनोद कवर, सुवास रावत , सुदिप बुढाथोकी ,सचिवमा – क्रान्ति शाह , सहसचिवमा दल बहादुर खड्का , कोषाध्यक्षमा निर्मल घर्ती र
सदस्यहरुमा सुरक्षा डाँगी, यमुना रोका, मनिषा कवर लगायत ५१ सदस्यीय कार्यसमिति सदस्यहरु चयन गरिएको छ।
अखिल (क्रान्तिकारी) दाङ जिल्ला कार्यालय सदस्य हिरालाल वली “जनार्दन” को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओबादी (केन्द्र) लुम्बिनी प्रदेश सदस्य भीम बहादुर वली,पार्टी बबई पदाधिकारी दीपक शाहले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सन्चालन संगठनका राप्ती बबई क्याम्पस कमिटी अध्यक्ष भद्र बहादुर खत्री “भुपेस” ले गर्नु भएको थियो ।
