घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर १६ को शक्ति टोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न सम्पन्न भएको छ । लायन्स क्लब र लियो अफ राप्ती इञ्जिनियरीङको आयोजनामा सोमबार घोराही- १६ को शक्ति टोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।
घोराही उपमहानगरपालिका- १६ का वडाध्यक्ष ताराबहादर डाँगी र लायन्स क्लव इन्टरनेशल डिस्टिक ३२५ एन एरिया नं. २ राप्तीका एरिया चिफ लायन्स डा. भीमसेन गिरीले संयुक्त रुपमा विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
वृक्षारोपण कार्यक्रममा एरिया कोषाध्यक्ष लायन्स रेशम गिरी, जोन चियर पर्सन लायन्स मधुसुदन बैध, लियो अध्यक्ष लियो ऋचा बुढाथोकी, वातावरण संयोजक लायन्स फलाधर भुसाल, क्लव प्रथम उपाध्यक्ष लायन्स कर्णबहादुर पुन, द्वितीय उपाध्यक्ष लायन्स धनेश्वर चौधरी, तृतीय उपाध्यक्ष लायन्स ई बाबुराम जोशी, सचिव ई सर्मिला दहित , सह-सचिव लायन्स सरिता गिरी, कोषाध्यक्ष लायन्स संगिता पुरी, सहकोषाध्यक्ष लायन विश्वबन्धु थापा, लियो उपाध्यक्ष क्रमशःलियो विजय विष्ट, लियो मोहन भण्डारी, लियो हिमाल घिमिरे, सचिव लियो शक्ति रोकाय, सहसचिव लियो रोनिसा खडका, कोषाध्यक्ष लियो सरला हमाल, सहकोषाध्यक्ष लियो वाचना दाहाला लियो अर्विन के.सी. लियो मानिक श्रेष्ठ, लियो प्रविन चौधरी, लियो आयुष बेलबासे, लियो राजु गिरी, लियो मुकेश बस्नेत,लियो शरदमान कवर , लियो केशवराज गिरी, लायन सुरजमान चौधरी लगायतको उपस्थिति रहेको थियो ।
लायन क्लव अफ राप्ती इञ्जिनियरीङले भर्खरमात्र आफ्नो स्पोन्सरमा लिया क्लव गठन गरेको छ ।
लायन्स क्लव अफ राप्ती इञ्जिनियरीङबाट लायन वर्ष २०२३ /२०२४ मा क्याविनेट अर्फिसरमा लायन डा.भीमसेन गिरी क्लवको संस्थापक अध्यक्ष हुनुहुन्छ भने लायन रेशम गिरी पूर्व अध्यक्ष र लायन मधुसुदन बैध नि.वर्तमान अध्यक्ष हुनुहुन्छ ।
