चेतना अनलाइन
घाेराही, २२ माघ । नेकपा (माओवादी केन्द्र) दाङले २८ ओैं जनयुद्ध दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गर्ने भएकाे छ ।
माओवादी जिल्ला समन्वय समिति दाङले जनयुद्ध दिवसको अवसरमा फाल्गुन १ गते घाेराहीमा शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गरेकाे जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे । उहाँका अनुसार कार्यक्रम पार्टी स्थायी समिति सदस्य एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माकाे प्रमुख आतिथ्यतामा हुने छ । साेही दिन घाेराहीमै रक्तदान कार्यक्रम आयाेजना गरिएकाे उहाँले जानकारी दिनुभयाे ।
दाङका दस ओटै पालिकामा स्थानीय कमिटीले सहिद परिवार, बेपत्ता परिवार, घाईते तथा अपांग याेद्घाहरूलाई सम्मान तथा अभिनन्दन कार्यक्रम आयाेजना गर्नेभएका छन् ।
