चेतना अनलाइन
घाेराही, २१ माघ । अखिल क्रान्तिकारी दाङले सहिदको शालिक फाेडिएकाे घटनाप्रति ध्यानाकर्षण भएकाे जनाएकाे छ ।
क्रान्तिकारी दाङका अध्यक्ष गिरबहादुर महराले विज्ञप्ति निकालेर घोराही उप–उपमहानगरपालिका वडा नं. १४ झिगौँरा स्थित सहिदहरु पृथ्वी चौधरी, ओमभक्त चौधरी र लौटन चौधरीको शालिक माघ २० गते तोडफोड भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएकाे हाे ।
“दश वर्षे महान जनयुद्दको दौरान देशको आमूल परिवर्तन, सामाजिक रुपान्तरण र न्यायको लागि आफ्नो ज्यानको वलिदानी गर्नु भएका महान सहिदहरुको शालिक तोडफोड गर्नु अराजनैकि एवम अपराधिक गतिविधी हो,” विज्ञप्तिमा भनिएकाे छ , ” तसर्थ शालिक तोडफोड कार्यमा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन हुनका लागि हामी स्थानीय प्रशासन संग जोडदार माग गर्दछौ ।”
क्रान्तिकारीले सहिदहरुको शालिक अमूल्य सम्पत्ति भएकाे उल्लेख गर्दै पार्कको उचित व्यवस्थापन, पुर्ननिर्माण र पार्कको उचित संरक्षण तत्काल गर्नका लागि सम्वन्धित सवैमा हार्दिक अपिल गरेकाे छ ।
