भेटाएको नगद प्रमाण सहित लैजान आग्रह

चेतना अनलाइन


घोराही, ५ माघ । दंगीशरण गाउपालिका १ रामपुरका नारायण चौधरीले भेटाएको नगद विश्वासिलो आधार दिएर लैजान आग्रह गर्नुभएको छ । प्रहरी चौकी कालिका बर्दियामा ट्राफिक प्रहरीमा कार्यरत चौधरीले घोराही तुलसीपुर सडक खण्डमा ६२ हजार ८ सय नगद भेटाएको भन्दै विश्वासिलो आधार दिएर लैजान आग्रह गर्नुभएको हो ।

उक्त रकम एक सवारी सधानबाट खसेको र आफूले आवाज दिदा पनि सावरी साधनको ब्यक्तिले नसुनेर गएपछि रकम उठाएको चौधरीले बताउनुभयो । उहाँले सवारी साधनको प्रकार, सवार यात्रुको संख्या र लिङ्गका बारेमा जानकारी दिए पनि प्रहरीलाई रकमको खास मालिक पत्ता लगाउन सजिलोको लागि सबै कुरा गोप्य राखिएको छ ।

यसरी रकम भेटाए पछि चौधरीले इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीलाई जानकारी दिनुभएको थियो । भेटाएको रकम गोल्टाकुरी प्रहरी चौकीका प्रमुख दिनेश बिसीको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुर बुझाइएको छ ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *