राष्ट्रिय कर्मचारी संगठन दाङको अध्यक्षमा पाैडेल

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति दाङको अध्यक्षमा रुद्रमणि पौडेल चयन हुनुभएको छ ।

घोराहीमा सम्पन्न चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा किरण जैशी, रेशमलाल शर्मा र कुन्ता भण्डारी, सचिव अमर ओली, सहसचिव खड्क केसी र कोषाध्यक्ष मनोज बिष्ट चयन हुनुभएको छ ।
सदस्यहरुमा काशीराम ओली, चन्द्रप्रकाश नेपाली, अर्जुन श्रेष्ठ, कुविरजंग खड्का, दानसिंह रोका, जोखिम ओली, गोपाल केसी, ओमप्रकाश केसी, दीपा पुन मगर, पुष्कर बिक, दीपक राना, कृष्ठ श्रेष्ठ, पोषणराज शर्मा, चन्द्रशोभा कँडेल, यमलाल भण्डारी, नमुना खड्का, कृष्ण चौधरी, रामराज पौडेल, अस्मिता थापा र आशिष बिसी रहनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *