सभ्यता पाठशालामा विदेशी फुटबल कोच

घाेराही, ७ साउन । सभ्यता पाठशाला घोराही दाङमा फुटबल कोच नियुक्त गरिएको छ।

सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेलाडी बनाउनका लागि विदेशी कोचलाई नियुक्त गरिएको छ । जसका लागि मध्य अफ्रिकाका बार्गा विलफ्रेडलाई फुटबल कोचरको रुपमा नियुक्त गरिएको सभ्यता पाठशालाले जनाएको छ । आफ्ना विद्यार्थीहरूलाई फुटबल खेलमा उत्कृष्ट बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बार्गालाई कोचको रुपमा नियुक्त गरेको हो ।

आज एक कार्यक्रमको आयोजना गरी पाठशालाले बार्गा विलफ्रेडसँग सम्झौता गरी नियुक्तिपत्र समेत हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल चेतमान घर्ती मगरले जानकारी दिए । फुटबल कोचरको रूपमा नियुक्त भएसँगै बार्गाले आगामी छ महिनासम्म सभ्यता पाठशालाका विद्यार्थीहरूलाई फुटबल सिकाउनेछन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *