चेतना अनलाइन
घाेराही, ४ माघ । बबई लिटिल स्टार इङ्लिस बाेर्डिङ स्कुल घाेराही, ६ चैनपुर दाङकाे १७ ओैं वार्षिकोत्सब आज सम्पन्न भएकाे छ ।
वार्षिकाेत्सब कार्यक्रममा बोल्ने वक्ताहरूले आजका बालबालिकाहरू भोलिका कर्णधारहरू भएकाले उनीहरूको व्यक्तित्व विकासका लागि विद्यालय तहदेखि नै योजना बनाउनुपर्ने आवश्यकता औल्याए । वक्ताहरुले अबको शिक्षा वैज्ञानिक, व्यावहारिक र जीवन उपयोगी हुनुपर्ने धारणा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वालाराम बुढाकाे अध्यक्षता एवम् वडा अध्यक्ष विष्णुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जग्रागाउँ माविका शिक्षक दलबहादुर ओली, स्थानीय बुद्धिजीवी तथा शेयर सदस्य यज्ञप्रसाद पोखरेल, स्थानीय समाजसेवी तथा बुद्धिजीवी गोपीलाल ओली, प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा, प्रावी क्वाडीका प्रधानाध्यापक खड्ग वली, विद्यालयका प्रधानाध्यापक हिमाल महरा, विद्यालयका म्यानेजिङ डाइरेक्टर मेघराज रजौरे, विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष थुरेन्द्र ओली, पूर्व शिक्षक तथा शेयर सदस्य भेषराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
चन्द्रावती रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालनशिक्षक कमला घर्तीले गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए। सो अवसरमा विद्यालयका विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो। त्यसैगरी हरेक कक्षामा विज्ञान विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

									
									
									
									
									
									

						


										
										
										
										
										
										





