दाङको घोराही स्थित लालीगुराँस आवासीय माध्यमिक विद्यालय नयाँ व्यवस्थापनका साथ संचालन हुने भएको छ ।
विगत लामो समयदेखि दाङको घोराही १८ पुलचोकमा संचालित विद्यालयले आगामी शैक्षिकसत्र देखि नयाँ व्यवस्थापनका साथ संचालन हुन थालेको संचालक समितिका अध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिए ।
पछिल्लो समय विज्ञान र प्रविधिको बिकास संगसंगै विश्वमा शिक्षण बिधि र पद्दतिमा आएको परिवर्तनलाई अङ्गीकार गर्दै विद्यालय नयाँ तथा आधुनिक विधिबाट संचालन गर्न लागेको अध्यक्ष बुढाथोकीले बताए ।
आगामी बैशाख देखि नयाँ तथा आधुनिक तरिकाले संचालन गर्ने गरि विद्यालयले आफ्नो गुरु योजना समेत तयार गरेको छ ।
गुरु योजना अनुसार विद्यालय अगाडि बढ्ने गुरुयोजना निर्माण कर्ता तथा विद्यालयका शिक्षा समिति संयोजक केशरमान बुढाथोकीले जानाकारी दिए ।
गुरु योजना कार्यान्वयन संगै नयाँ शेयर सदस्यहरु थपका लागि समेत प्रक्रिया अगाडी बढाइएको संयोजक बुढाथोकीको भनाइ रहेको छ ।