चेतना अनलाइन
घाेराही, १५ भदाैं । रिलायवल नेपाल लाइफ इन्सोरेन्सको छैंठाै वार्षिकोत्सबको उपलक्ष्यमा मानव कल्याण समाज नारायणपुरमा खाद्यान्न वितरण गरिएकाे छ ।
संस्थाको छैठौ वार्षिकोत्सवको अवसरमा दाङ शाखाको आयाेजनामा मानव कल्याण समाज नारायणपुर दाङमा एक कार्यक्रमको आयोजना गरी अनाथ मानव हरुलाई आवश्यक सामाग्री वितरण गरिएको हाे ।
उनीहरूलाई दैनिक उपयाेग्य खाद्यान्न प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा शाखाका सम्पूर्ण कर्मचारी तथा एजेन्सीहरुको उपस्थित रहेको थियो ।