चेतना अनलाइन
घाेराही, २७ साउन । बुद्धनगर टाेल विकास संस्था घाेराही, १५ काे अध्यक्षमा धनबहादुर केसी चयन हुनुभएको छ ।
टाेल विकास संस्थाकाे आज सम्पन्न ७ ओैं वार्षिक साधारणसभा तथा ५ ओैं अधिवेशनले केसीलाई अध्यक्षमा चयन गरेकाे हाे । संस्थाकाे सचिवमा पिताम्बर पाैडेल र काेषाध्यक्षमा वेदबहादुर डाँगी चयन हुनुभएको छ ।
संस्थाकाे सल्लाहकारमा निर्वतमा अध्यक्ष राेमप्रसाद रेग्मी, टाेल विकास संस्थाका सदस्य एवम् घाेराही १५ का सचिव दामाेदर पाण्डेय र टाेलका सदस्य एवम् प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मालाई चयन गरिएकाे अध्यक्ष धनबहादुर केसीले जानकारी दिनुभयाे ।
राेमप्रसाद रेग्मीकाे अध्यक्षता एवम् वडा सदस्य लेखनाथ बुढाथोकीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सुनिलकुमार देवकाेटा, गिरिप्रसाद पन्थी, पाण्डव शर्मा, दामोदर पाण्डेय, भरतराज गिरी र राजश्री रावतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रमकाे सञ्चालन सचिव पिताम्बर पाैडेलले गर्नुभएको थियाे।