महेन्द्र क्याम्पस दाङमा शुल्क वृद्धि, तत्काल निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने अखिल (क्रान्तिकारी) काे चेतावनी 

घाेराही, २६ साउन । महेन्द्र बहुमुखी क्याम्पस दाङले स्नातक तहकाे मासिक शुल्क वृद्धि गरेकाे छ ।

क्याम्पस प्रशासनले सूचना निकालेर मानवीकि र व्यवस्थापन संकायमा मासिक ३ सय रुपैयाँकाे दरले शुल्क वृद्धि गरेकाे जनाएकाे हाे ।

क्याम्पस प्रमुख भरतराज न्याैपानेले समयानुकूल शुल्क समायोजन गर्नुपर्ने भएकाले वृहत् छलफल पछि मासिक ३ सयका दरले वृद्धि गरिएकाे जानकारी दिनुभयाे ।

यसैबीच अखिल (क्रान्तिकारी) ले शुल्क वृद्धिकाे विराेध गरेकाे छ । अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस इकाई संयाेजक प्रशान्त पाेख्रेलले तत्काल शुल्क वृद्धिकाे निर्णय फिर्ता नलिए कडा आन्दाेन गर्ने चेतावनी दिनुभएकाे छ ।

 

अखिल  (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस घाेराहीले जारी गरेकाे प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन अखिल (क्रान्तिकारी) राष्ट्रियता, जनतन्त्र, जनजिविका तथा वैज्ञानिक र गुणस्तरीय शिक्षाका लागि निरन्तर संघर्षरत छ l

यसै सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिफारिसमा बि.ए. र बि.बि.एस तहमा अध्ययनरत विद्यार्थीको वार्षिक शिक्षण शुल्कमा ५५% प्रतिशत शुल्क वृद्धि गरेको प्रती हाम्रो संगठन अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस मुल इकाइ समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

सामान्य जनताको छोराछोरीले अध्यययन गर्ने त्रिभुवन विश्वविद्यालय अन्तरगतको आंगिक क्याम्पसमा विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क तत्काल फिर्ता गर्न हुनका लागि क्याम्पस प्रशासन समक्ष जोडदार माग गर्दछौ ।

अन्यथा, अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस समिती क्याम्पस प्रसाशन र स्ववियु बिरुद्द कडा आन्दोलन गर्न बाध्य हुनेछ , त्यसको जिम्मेवार स्वयम क्याम्पस प्रशासन हुने चेतावनी दिन चाहन्छौ ।

 

प्रशान्त पोख्रेल
संयोजक
अखिल (क्रान्तिकारी)
म.ब. क्याम्पस समिति

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *