नेपाली सेनाको संरक्षणत्व रहने गरि घाेराहीमा वृक्षारोपण गरियाे

घाेराही, ७ साउन । रोटरी क्लब अफ दाङ र पन्त ग्लोबल कन्सल्ट्यान्सीले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रम गरेका छन् । रोटरी क्लब अफ दाङ र पन्त ग्लोबल कन्सल्ट्यान्सीको संयुक्त आयोजना, नेपाली सेना रणसिंहदल गण घोराहीको संरक्षणत्व रहने गरि आइतबार घोराहीको विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र वृक्षारोपण पार्टनर तथा रिलायबल लाईफ ईन्स्यूरेन्स कम्पनी लिको सहयोगमा घोराहीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

नेपाली सेना रणसिंहदल गण भरतपुर घोराहीमा करिब १०० बढी बिभिन्न जातका फलफुल बिरुवा रोपण गरि सुरु गरिएको कार्यक्रम लगतै घोराही क्रिकेट रंगशालामा जाली सहितको १० र अन्य १० वटा फुलहरुको बिरुवा रोपिएको थियो त्यसैगरि अन्तमा सिद्वनाथ मठ चौघेरा दाङमा धार्मिक प्रजातिका विषेश गरि २० वटा बेल, तेजपत्ता लगायत करिब ५० वटा फुलहरु रोपेर वृक्षारोपण गरिएको क्लबका अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए ।

नेपाली सेना रणसिंह दल गण भरतपुरमा औपचारिक कार्यक्रमको आयोजना गरि कार्यक्रम सुरु गरिएको थियो । रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जनको प्रमुख आतिथ्यस्तामा भएको कार्यक्रमको स्वागत र कार्यक्रमबारे पन्त ग्लोबल कन्सल्ट्यान्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्तले गरेका थिए ।

कार्यक्रममा रणसिंह दल गणका प्रमुख सेनानी रविन्द्र महर्जन, पन्त ग्लोबल कन्सल्ट्यान्सीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र पन्त, रोटरी क्लब अफ दांङका अध्यक्ष प्रदीप मजगैयाँ, मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष निर्माला गौतम, लुम्बिनी प्रदेश छनोट समिति संयोजक कैलास रोका, रिलायबल लाईफ ईन्स्यूरेन्स लि दांङ शाखाका प्रमुख सन्तोष गौतम, रोटरी क्लब अफ दाङका पुर्बअध्यक्ष सनत श्रेष्ठ, गजेन्द्र बर्मा, रोशन दाहाल, श्रीधर पोख्रेल, राम प्रसाद पोख्रेल, इस्वर बस्नेत, संजु केसी, रणसिंह दल गणका सेनानी डम्बर लामिछाने, लुक बहादुर केसी, बलदेव योगी, नेपाली सेनाका अन्य अधिकृत तथा सिपाहीहरु, रोटरियन, सिद्वनाथ मन्दिरका पदाधिकारी तथा पुजारीहरुको व्यापक सहभागिता रहेको थियो।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *