क्याम्पसका विद्यार्थीलाई  बैंकिङ साक्षरता अभिभुखिकरण

दाङ । देउखुरीको लमहीमा रहेको स्वर्णिम देउखुरी क्याम्पसमा विविएसमा अध्ययनरत विद्यार्थीहरूसँग एकदिने बैंकिङ साक्षरता सम्बन्धी अभिभुखिकरण कार्यक्रम गरेको छ ।

क्याम्पसले आफ्ना विद्यार्थीहरूलाई देशको बिग्रदो अर्थतन्त्रका बारेमा प्रशिक्षण दिएको हो । देशको वर्तमान अवस्थामा नेपालीले सामना गर्नु परेको आर्थिक संकट र यो सङ्कटबाट समग्र नेपाल र नेपालको अर्थतन्त्र प्रणालीलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा बैंकिङ साक्षरता सम्बन्धी ज्ञान प्रदान गरिएको स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख चिरञ्जीवी रिजालले जानकारी दिनुभयो ।

बैंकिङ साक्षरता सम्बन्धी विषय नबिल बैंक लमहीका प्रमुख उत्सव श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । स्वर्णिम क्याम्पसको शैक्षिक वार्षिक क्यालेन्डरका बारेमा स्वर्णिम क्याम्पसका सहायक क्याम्पस प्रमुख रिजालले प्रस्तुत गर्नु भएको थियो ।

गोरखा मोडेल सेकेन्डरी स्कुलका प्राचार्य तथा स्वर्णिम क्याम्पस सञ्चालक समितिका सदस्य लोकमान रिजालले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै क्याम्पसको पञ्च वर्षीय योजना प्रस्तुत गर्नु भएको थियो । जसमा स्वर्णिम देउखुरी क्याम्पसले पाँच वर्ष भित्र क्यूएए प्राप्त गर्ने र थप कार्यक्रमको रुपमा बीएचएम, बीबीएम भित्र्याउने लक्ष्य राखेको छ ।
कार्यक्रममा एक सय बयालीस जना छात्र तथा छात्राको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन व्यवस्थापन संकाय प्रमुख प्रकाश वलीले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *