स्ववियुमा निर्वाचितहरूलाई अखिल (क्रान्तिकारी) द्वारा सम्मान

अखिल (क्रान्तिकारी) दाङको स्ववियु निर्वाचित पदाधिकारी, सदस्यहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एबम नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश समिति उपाध्यक्ष भिमराज खरेल , संगठनकि दाङ जिल्ला इन्चार्ज बिन्दु खड्काका मन्तव्य राख्नु भएको थियो भने प्रदेश समिती सचिब मदन जिएम, सचिवालय सदस्य प्रतीक अधिकारी, सदस्य इशा ओलिको आतिथ्यता रहेको थियो ।

अखिल (क्रान्तिकारी) दाङका जिल्ला समिती सदस्य बिष्णु गोराथोकिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन भरत भुसालले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *