गढवामा अपाङ्गता भएका ब्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सरफ बनाउने तालिम 

आलोक भावुक 

गढवा, २२ चैत। दाङको गढवा गाउँपालिकामा अपांगता भएका ब्यक्तिहरूका लागी संचालन सात दिने लुगा धुने सर्फ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरु भएको छ। 

गढवा गाउँपालिकाको वडा नम्बर ५,६र  ७ बाट ग र घ   वर्गका अपांगता भएका ब्यक्तिहरूका लागि गढवा गाउँपालिकाको सभाहलमा सात दिने लुगा धुने सरफ बनाउने तालिम तथा कच्चा पदार्थ हस्तान्तरण कार्यक्रम सुरु भएको हो। गढवा गाउँपालिका तीन वडाका महिला पुरुष गरी १६ जना ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरूको सहभागिता रहेको थियो।

अपांगता भएका ब्यक्तिहरूको क्षमता विकास र आयआर्जनमा सहयोग हुने उद्देश्यले तालिमको आयोजना गरिएको अपाङ्गता परिचयपत्र बितरण समन्वय समितिका संयोजक शारदा कुमारी चौधरीले जानकारी दिनु भयो। सीप विकास गरी आत्मनिर्भर बनाउनको लागी यो तालिमले सहयोग गरेको उहाँले बताउनुभयो ।अपाङ्गता भएका व्यक्तिहरूलाई घर परिवारबाटै पनि अपहेलित हुन परेकाले यस्ता सिप विकासका तालिमले जिउने आधार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको  संयोजक चौधरीले बताउनु भयो।

त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले क र ख वर्गका फरक क्षमता भएका ब्यक्तिहरूलाई राज्य बाटै सहयोग भएको तर ग र घ वर्गका अपाङ्गता भएका ब्यक्तिहरूलाई आय आर्जनका लागि आय मूलक कार्यक्रम मार्फत जोड्न पालिका लागि परेको बताउनुभयो। गढवा गाउँपालिकामा सरफ बनाउने कार्य पहिलो भएको बताउँदै अध्यक्ष पोख्रेलले पालिकाको उद्देश्य सीप सिकाएर आत्म निर्भर बनाउने तर्फ अग्रसर रहेको बताउनुभयो । आर्थिक सहयोग बाट मात्र सँधै दैनिक गुजारा नचल्ने भएकोले सीपमूलक तालिमको आय आर्जनका लागि भरपर्दा हुने बताउनु भयो।

 कार्यक्रममा अपाङ्गता परिचयपत्र वितरण समन्वय समितिका संयोजक तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो। उद्घाटन कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरी, प्रेस संयोजक लगायतको उपस्थिति रहेको थियो । 

अपाङ्गता संरक्षण समाज गढवाका अध्यक्ष भरत कुमार पन्तको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका शाखा प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *