शिक्षक महासंघसँगको सहमति विपरितका निर्णयहरु अबिलम्ब सच्याउन माग

घाेराही, १२ चैत । नेपाल शिक्षक महासंघ घाेराही नगर समितिले घोराही उपमहानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुकाे दरबन्दी मिलानमा असन्तुष्टि जनाएकाे छ ।

विद्यार्थी सङ्ख्याको आधारमा दरबन्दि मिलान गर्ने सम्बन्धि विभिन्न समयमा शिक्षक महासंघ तथा पेशागत शिक्षक संघ/संगठनको औपचारिक/अनौपचारिक बैठक / छलफलमा भएका सहमति विपरित दरबन्दि मिलान गर्ने बहानामा शिक्षा ऐन/नियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अबिलम्ब सच्याउन माग गरेको छ ।

नेपाल शिक्षक महासंघले आइतबार घोराहीमा पत्रकार सम्मेल गरि नगर शिक्षामा चैत ८ गते बसेको बैठकको निर्णय शिक्षकहरुकाे भावना र सम्मान विपरीत रहेकाे जनाएको छ ।

शिक्षकहरुकाे सहमति विपरित दरबन्दि मिलान गर्ने बहानामा शिक्षा ऐन/नियम विपरीत मनोमानी तथा राजनीतिक पूर्वाग्रही ढङ्गले आस्थाका आधारमा शिक्षकहरुको अपायक सरुवा, नियम विपरित र नेपाल शिक्षक महासंघसँगको सहमति विपरित गरिएका सरुवा निर्णयहरु अविलम्ब बदर गरी नियम सङ्गत र शिक्षक महासंघको सहमति अनुसार कार्य गर्न घोराही उपमहानगरपालिका, घोराही नगर शिक्षा समिति लगायत सामाजिक विकास महाशाखा घोराहीलाई महासंघले ध्यानाकर्षण गराएको छ ।

साथै उक्त कार्यको घोर भर्त्सना गर्दै शिक्षक महासंघको नेतृत्वमा चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरी सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि दिनु भएको छ ।

माग सम्बाेधन नभए भोलि बैठक बसि दवाव सहितका कार्यक्रम घाेषणा गर्न समेत बताइएको छ ।

नेपाल शिक्षक महासंघ घाेराही नगर समितिकाे विराेध कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही, एकिकृत अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संगठन घोराही, अखिल नेपाल शिक्षक संघ घोराही, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही र अखिल नेपाल शिक्षक संगठन क्रान्तिकारी घोराहीकाे आवद्धता रहेकाे जनाएका छन् ।

नेपाल शिक्षक महासंघका सह-अध्यक्ष हुम बहादुर रानाको अध्यक्षता भएको पत्रकार सम्मेलनको सहजीकरण नेपाल शिक्षक संघ घोराही नगरका सचिब गोपाल पोख्रेलले गर्नु भएको थियो ।

नेपाल शिक्षक महासंघद्वारा जारी प्रेस विज्ञप्ति :

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *