विश्व फोटोग्राफर दिवसको अवसरमा मानव कल्याण आश्रममा खाद्यन वितरण

हिमाल महरा
घाेराही, ४ भदाै । १ सय ८३ औं विश्व फोटोग्राफर दिवसको अवसरमा दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङले घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको मानव कल्याण समाजलाई शुक्रवार खाद्य सामग्री वितरण गरेको छ ।
दैनिक उपभोग्य खाद्य बस्तु चामल, दाल, चिनी, नुन, तेल, सोयाविन लगायतको खाद्य सामग्री वितरण गरिएको हो ।

मानव सेवाका लागि स्थापना गरिएको मानव कल्याण समाजमा बस्नेहरुको जीवनमा सहज आउने भएकाले सामग्री वितरण गरिएको दाङ जिल्ला फोटोग्राफर एशोसियसन दाङका अध्यक्ष बसन्त न्यौपानेले बताउनुभयो ।
सोही अवसरमा मानव कल्याण समाजका बारेमा जानकारी गराउँदै मानव कल्याण समाजका केन्द्रिय सचिव बिजयकुमार पोख्रेलले सड्कमा वस्ने, मागेर खाने, मानसिक सन्तुलन गुमाएका गरिब तथा अशक्त, बेसाहरा व्यक्तिहरुको संरक्षणका लागि दाङमा पनि मानव कल्याण समाज सञ्चालन गरिएकोे बताउनुभयो ।

यसैगरी मानव कल्याण समाज स्थापनादेखि हालसम्मको बारेमा समाजका केन्द्रिय अध्यक्ष सुमित्रा चौलागाईले जानकारी गराउदै २०७२ सालको भूकम्पपछि सडकमा रहेका अलपत्र, बेवारिसेआमा वुबाहरुलाई चाउचाउ र विष्कुट भाड्ने अभियानबाट शुरुवात भएको जानकारी दिनुभयो । त्यो अभियानले विस्तारै विस्तारै रफ्तार लिएको र र तातो भोजन खुवाउने अभियानमा प्ररिणत भएको उहाँले बताउनुभयो ।
२५ देखी ५० जानालाई बाड्दाबाडदै करिव १५२ जानसम्मलाई बाड्न पुगेको उल्लेख गर्दै उहााले काठमाण्डौ, ललितपुर, भक्तपुरसम्म त्यो अभियान पुगेको केन्द्रिय अध्यक्ष चौलागाईले बताउनुभयो ।

धैरै मान्छेहरु बेवारिसे अवस्थामा सडकमा मर्न नपरोस् भनेर २०७४ साल मंसिर २० गते १ जना आमा र १ जना बुवाको उद्धारबाट मानव कल्याण समाजको स्थापान गरिएको उहाँले जानकारी दिनुभयो । पहिला काठमाण्डौमाबाट शुरुवात रेर अहिले पाँच ठाउँमा शाखा स्थापना गरिएको अध्यक्ष चौलागाईले बताउनुभयो ।
हालसम्म देसभरका मानव कल्याणमा ७०० जना भन्दा बढीलाई उद्धार, पालनपोषण र उपचार गरिएको छ भने ३०० जानलाई परिवार खोजेर परिवारमा पुनर्मिलन गराइएको छ ।

नेपाल फोटोग्राफर महासंघ लुम्विनी प्रदेशका संयोज बसन्त जोशीले फोटोग्राफरको बारेमा जानकारी गराउदै ग्रीक भाषामा फोटो भनेको प्रकाश र ग्राफी भनेको चित्रण भएको बताउनुभयो । धैरै बर्षआिड एउटा तामाको प्लेटमा विना केमिकल छाया बनाइएको उल्लेख गर्दै छायाको रुपमा चित्रण बनाइए फोटोग्राफीको शुरुवात भएको जानकारी दिनुभयो ।

उहाँले विगत केही वर्षदेखि विश्व फोटोग्राफार दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएको हुदा यसपटक दाङ जिल्लाभरिका आश्रममध्ये मानव कल्याण समाजको अवस्था नाजुक र नयाँ स्थापना भएकाले यहाँ कार्यक्रम गरिएको बताउनुभयो ।

हाल मानव कल्याण समाज नारायणपुरमा ३० जना आश्रित रहेको मानव कल्याण समाज नारायणपुरका इन्चार्ज सुस्मिता श्रेष्ठले बताउनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *