महेन्द्र बहुमुखी क्याम्पस विज्ञान संकायमा अखिल क्रान्तिकारी गठन

अखिल (क्रान्तिकारी) दाङ्गको विद्यार्थीसँग अखिल (क्रान्तिकारी) विद्यार्थी जागरण अभियान अन्तर्गत घोराही उपमहानगरपालिका महेन्द्र बहुमुखी क्याम्पस दाङ विएस्सी प्रथम वर्षमा भेला सम्पन्न भएको छ ।

भेलाले इश्वर घर्तिमगरको अध्यक्षतामा २५ सदस्यीय कक्षा कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा किरण डाँगी , सचिबमा दिपक पुन , सह सचिबमा महेश थापा, र कोषाध्यक्षमा मनोज खड्का रहनु भएको छ ।

अखिल (क्रान्तिकारी) दाङका संयोजक गिर बहादुर महराको प्रमुख आतिथ्यता एबम जिल्ला समिती कार्यालय सदस्य हिमाल महराको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) म व क्याम्पस कमिटिका नेता दिपक ओलिले गर्नु भएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *