गढवामा ओम बचत तथा ऋण सहकारी दोस्रो सेवा केन्द्रको उद्घाटन

आलोक भावुक

गढवा, २९ साउन । गढवा गाउँपालिका वडा नम्बर – २ महदेवामा ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो सेवा केन्द्रको उद्घाटन गरिएको छ ।
संस्थाका अध्यक्ष मनिराम चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा तथा गढवागाउँपालिका वडा नम्बर – २ का अध्यक्ष भक्तु चौधरीको बिशिस्ट अतिथीमा सम्पन्न भएको हो ।

प्रमुख अतिथी शर्माले महदेवामा सेवा केन्द्रको उद्घाटन गर्नु भएको हो । उद्घाटनपछि मनत्बय ब्यक्त गर्दै अध्यक्ष शर्माले २०६८ मा दर्ता भए भएपनि बन्द हुने अवस्थामा पुगेको सहकारी संस्था लाई २०७५ सालदेखि एकदमै मिहिनेतका साथ आजसम्म निरन्तर सेवा बिस्तार गर्नु चानचुने काम नभएको बताउनुभयो । अध्यक्ष शर्माले जनताको मन, मस्तिष्कमा रहेर अझ राम्रो काम गर्न सकोस् भनी शुभकामना समेत दिनुभयो । आजको युग प्राबिधिको युग भएकोले सबै सेवा अधिकांश सेवाग्राहीहरुले अनलाइन गर्ने, मोबाइल ब्याङ्किङ सेवा सुरु गरेकोले यसबाट सेवाग्राहीहरुमा सुविधा लिन सहजहुने बताउनु भयो ।
अध्यक्ष शर्माले गढवा गाउँपालिकाको तर्फबाट गर्न सक्ने सहयोग र सहकार्यका लागि आफू तयार रहेको बताउनुभयो।

यो संगै संस्थाले तिन वटा ठाउँबाट सेवा दिदै आएको। २०७५ सालमा गढवागाउँपालिका वडा नम्बर – ४ रामनगरमा स्थापना गरिएको संस्थाले २०७६ सालमा गढवा गाउँपालिका वडा नम्बर – ६ मा शाखा कार्यालयको स्थापना गरेको थियो।

रामनगर र गढवाको सफलता पछी संस्थाले सेवाग्राहीहरुको समस्या लाई मध्यनजर गर्दै अहिले गढवा गाउँपालिकाको वडा नम्बर – २ महदेवामा दोस्रो सेवा केन्द्रको रुपमा शाखाको उद्घाटन गरेको हो।
संस्थाको निति तथा कार्याक्रमको बारेमा संस्थाका प्रबन्धक ओम प्रकाश चौधरीले जानकारी दिदैं स्थानीय सेवाग्राहीहरुलाई घरघर बाट सेवा दिन चाहेको जानकारी दिनु भयो। सम्बन्धित निकाय र विभिन्न संघ संस्थाको सहयोग पाए जनताको माग अनुसारको सेवा सुविधा दिन संस्था सधै अग्रसर रहेको बताउनु भयो।
केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुबाट ओम बचत तथा ऋण सहकारी संस्थाले छिट्टै एटीएम सञ्चालन गर्ने , एसएमएस, स्मार्ट बैंकिङ र क्युआर कोड प्रविधिबाट ग्राहकलाई सेवा दिँदै आएको ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मनिराम चौधरी ले जानकारी दिनु भएको छ ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, नवनिर्वाचित प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो।
संस्थाकी व्यवस्थापक चन्द्रा जिएमको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी सियर सदस्य सचिव अन्जिता चौधरीले गर्नु भएको थियो

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *