मदन भण्डारी रङ्गशालामा निर्मित कर्भड हल हस्तान्तरण

तुलसिपुर, २९ साउन । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेकाे मदन भण्डारी रङ्गशालामा निर्मित कर्भड हल र सटर  हस्तान्तरण गरिएकाे छ ।
भ्यूडहर साेनपुर मावि विव्यस अध्यक्ष टेकलाल आचार्यकाे अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।कार्यक्रममा प्रमुख अतिथि खड्काले रङ्गशालामा विस्तृत विवरण प्रतिवेदन अनुसार संरचना निर्माण गर्दै जाने बताउनुभयाे । उहाँले पालिकाले अघि सारेकाे एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिदै खेल संरचना र खेलाडी प्रशिक्षणमा समेत विशेषरुपमा ध्यान दिइने बताउनुभयाे । कार्यक्रममाशिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारी बहुउद्देश्यीय खेल मैदानकारुपमा विकास गर्नुपर्ने बताउनुभयाे  ।
वडा नम्बर १ अध्यक्ष हुमकान्त सापकाेटा खेल  क्षेत्रमा विस्तृत परियाेजना विवरणमा उल्लेख भएबमाेजिम  कर्भट हल निर्माण भएकाे र  अब फुटबल मैदान व्यवस्थित बनाउनका लागि वडा सरकार तयार रहेकाे बताउनुभयाे । कुमार निर्माण सेवाले ६६ लाखकाे लागतमा कर्भड हल निर्माण गरेकाे हाे । खेल मैदान संरक्षणकाे जिम्मा वडा सरकारकाे रहेकाे छ भने आम्दानी विद्यालयले प्राप्त गर्नेछ । त्यस्तै व्यवसायिक सटर समेत निर्माण गरिएकाे छ ।
[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *