रूकुम पश्चिमबाट सरूवा भएका डिएसपी धामीको विदाई

चेतना अनलाइन

रुकुम पश्चिम, साउन २६ । रुकुम पश्चिमबाट सशस्त्र प्रहरी नायब उपरिक्षक प्रेमसिंह धामीको बिदाई गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्वर ४७ गुल्म रुकुम पश्चिममा कार्यालय प्रमुखको रुपमा कार्यरत डिएसपी धामीको बिदाई गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्व गण सम्शेरगञ्जमा सरुवा भएपछि जिल्लाबाट विभिन्न कार्यालयले उहाँको बिदाई गरेका हुन् । जिल्लाका बिभिन्न सरकारी कार्यालय, स्थानीय तह, सामाजिक संघ सस्थाहरुले फरक फरक कार्यक्रम आयोजना गरेर बिदाई गरेका हुन् ।

रुकुम पश्चिममा दुई वर्ष लामो समयसम्म सेवा गरेर योगदान गरेको भन्दै डिसपी धामीको उच्च प्रशंसा गरिएको छ । जिल्लामा शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सामाजिक गतिविधिमा प्रभावकारी कार्य गरेका डिएसपी धामीलाई जिल्लाले सम्झिरहने सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो । उहाँले डिएसपी धामीले जिल्लामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको समेत जनाउनुभयो ।

डिएसपी धामीले जिल्लाका अधिकांश निकाय तथा व्यक्तिहरु बीचमा निकटम् सम्बन्ध राख्नुभएको थियो । बाटोमा अलपत्र परेकाहरुको उद्धार, रक्तदान, विपदमा परेकाहरुको उद्धार, सार्वजनिक स्थानहरुको सुरक्षा र सरसफाई लगायतका कार्यहरुमा उहाँँले योगदान गर्नुभएको थियो ।

उहाँलाई जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका लगायतका बिभिन्न निकायले फेरि भेटौला कार्यक्रम आयोजना गरेर बिदाई गरेका हुन् ।

धामी सम्भवत दुई बर्षे कार्यकाल एउटै जिल्लामा प्रमुख भएर बिताउने सशस्त्र प्रहरीका पहिलो डिएसपी हुन् । २०७७ साउन २४ मा सरुवा भएर रुकुम पश्चिम आउनुभएका डिएसपी धामीको २०७९ साउन २५ मा बिदाई गरिएको हो । उहाँको ठाउँमा सशस्त्र प्रहरीका नायब उपरिक्षक गोविन्द बहादुर केसी सरुवा भएर आउनुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *