चेतना अनलाइन
घोराही, २१ चैत । दीपशिखा मा.वि./कजेज सञ्चालक समितिको अध्यक्षमा माधवप्रसाद शर्मा चयन हुनुभएको छ ।
कलेजको शनिबार सम्पन्न ३३ ओैँ वार्षिक साधारणसभा तथा अधिवेशनले शर्माको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरूमा नारायणप्रसाद अधिकारी, विकास गौतम, माधव न्यौपाने, राम थापा र प्रतिराज बस्नेत चयन हुनुभएको छ । प्रिन्सिपलमा मनोज बुढाथोकी चयन हुनुभएको छ ।
साधारणसभाले अध्यक्ष माधवप्रसाद शर्माले प्रस्तुत गरेको प्रगति र आगामी शैक्षिक वर्ष २०८३-०८४ को नीति, योजना तथा कार्यक्रम पारित गरेकाे छ । साधारणसभाले आर्थिक विभाग प्रमुख राम थापाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र आर्थिक नियमावली पारित गरेको छ ।
साधारणसभा अध्यक्ष माधवप्रसाद शर्माको अध्यक्षता एवम् संस्थापक अध्यक्ष नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रम सञ्चालक समिति सदस्य विकास गौतमको स्वागत मन्तब्यबाट शुरू भएको थियो ।

